काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस्तकालय खोल्ने काम सजिलो नभएको बताएका छन् ।
शनिबार गोदावरी सामुदायिक पुस्तकालय स्रोत केन्द्रको मुखपत्र २०८१ को लोकार्पण गर्दै थापाले पुस्तकालय बनाउने कुरामा कति धेरै गाह्रो हुन्छ भन्ने कुरा पार्टी कार्यालयमा बनेपछि मात्र महशुस गर्न पाएको बताएका हुन् ।
उनले भने, ‘गोदावरीको ठाउँमा पुस्तकालय खोल्ने कुरा सम्भव किन भएको हो भने यो ललितपुरमै सबैभन्दा बढी लेखपढ गरेका र शिक्षित मानिसहरु बसेको ठाउँ हो भनेर भन्ने गरिन्छ । यस्तो पृष्ठभूमि नभएको भए यहाँका अग्रजहरुले त्यस्तो वातावरण नबनाइदिएको भए, चिन्तन नगरेको भए यस्तो नतिजा आउने थिएन । पुस्तकालय खोल्ने सजिलो काम होइन । नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालयमा भर्खर हामीले पुस्तकालय निर्माण गर्ने काम सम्पन्न गरेका छौं । अझै केही कामहरु बाँकी रहेका छन् । पुस्तकालय बनाउन कति गाह्रो हुँदोरहेछ भन्ने कुरा मैले बल्ल महसुश गर्न पाएको छु ।’
कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार डा.नवराज लम्सालले नेपालमा पुस्तकालय खोल्ने लहरले पठन संस्कृतिमा विकास भएको बताए । ‘पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेपछि, स–साना राज्यहरु जित्दै जित्दै गएपछि, हातैले लेखेका ध्वजापत्र एवम दस्तावेज लेखेका कागजहरु हुन्थे । ति कागजहरु च्यात्नु हुन्न, नासिनु हुन्न त्यसलाई संरक्षण गरेर राख्नुपर्छ भन्ने चेतना थियो । युद्द जित्दै गएपछि सबै कागजहरु बटुलेरराख्दै गएको पाइन्छ,’ उनले भने ।































प्रतिक्रिया