विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट

विभिन्न मन्त्रालयमा नाडा र सियामका संयुक्त प्रतिनिधिको भेटघाट

केन्द्रबिन्दु
18
Shares

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाको नेतृत्वकाे प्रतिनिधी मण्डलले अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका सम्बन्धमा छलफल गरेको छ ।

साे भेटका क्रममा सियामका सहसभापती यसपाल साँच्चरको नेतृत्वमा काठमाडाैंमा आइपुगेको सोसाइटी अफ इण्डियन अटोमोवाइल मेनुफेक्चर्सका २५ सदस्यीय प्रतिनिधी मण्डल पनि सहभागी रहेकाे थियाे । साे क्रममा नेपाल र भारतबीच नेपालमा अटोमोवाइल उद्योग तथा व्यवसायको सन्दर्भमा संयुक्त लगानी गर्ने, लगायतका विभिन्न विषयहरुका सम्बन्धमा विशेष छलफल भएकाे बताइएकाे छ ।

नाडा र सियामको सो संयुक्त प्रतिनिधिमण्डलले सोही दिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल र उद्योग, वाणिज्य तथा आपूतिमन्त्री दामोदर भण्डारीसँग पनि मन्त्रालयमा सोही विषयमा सार्थक छलफल गरेको थियो ।

सो प्रतिनिधि मण्डलमा धेरै जसो ठुला ठुला ओरिजिनल इक्युपमेन‍्ट म्यानुफ्याक्चरको उपस्थिति सहित अटो उद्योगका सबै खण्डहरू (जस्तै यात्रुवाहक सवारी, व्यावसायिक सवारी र दुईपाङ्ग्रे सवारी साधन) को सहभागिता रहेको थियो । भ्रमणका क्रममा प्रतिनिधि मण्डलले भेटमा भारत र नेपालको अटो उद्योगमा भइरहेको विकासक्रम र दुई देशबीचको निरन्तर सहयोगको महत्वका बारेमा छलफल भएको थियो । सियाम र नाडाले अटो उद्योगका लागि भविष्यको पहल, प्रविधि श्रृङ्खला र तालिमका लागि संयुक्त रूपमा सहकार्य गर्न सहमती पनि गरेको थियो ।

उक्त छलफलम सियामले नाडासँग मिलेर नेपाल सरकारलाई अटो क्षेत्रका लागि भिजन योजना विकास गर्न अनुरोध गरेको थियो । जसले सबै सरोकारवालाहरू जस्तै डिलर, उद्योग, कम्पोनेन्ट बिक्रेता, इत्यादिलाई सरकारको दुरदृष्टी अनुरूप आफ्नो व्यवसायको योजना बनाउन सक्षम बनाउनेछ । नेपालमा सवारीसाधन दर्ता, संकलन र रिपोर्टिङका लागि बलियो योजनाको विकास गर्ने, सीप अभिवृद्धि र चालक तालिमका लागि संयुक्त कार्यक्रमहरू सिर्जना गर्ने सम्भावनाको खोजी गर्ने जस्ता विषयहरुमा छलफल गरेको थियो ।

नाडा र सियाम दुबैले बंगलादेश र श्रीलंकासँगै सन् २०२४ मा गठन भएको साफलाई सुदृढ गर्दै भारत र नेपालको अटो क्षेत्रबीचको सम्बन्ध निर्माणमा नजिकबाट काम गर्न सहमत भएका छन् ।

Logo