काठमाडौं ।
क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई आफूले कहिल्यै प्रतिद्वन्द्वीको रुपमा नहेरेको बताएका छन् । च्याम्पियन्स लिगमा बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्वन्द्वीको रुपमा नहेरेको बताए ।
रोनाल्डोको दुई गोल र वेस्टन म्यानकेनीको एक गोलको सहयोगमा युभेन्ट्सले समूह जीको खेलमा मंगलबार राति बार्सिलोनालाई ३–० ले हराएको थियो । खेलमा मेस्सीले युभेन्ट्सविरुद्ध ११ आक्रमण गरेका थिए । जसमा ७ प्रहार पोस्टभित्र थिए । तर रोनाल्डोविरुद्धको खेलमा मेस्सी पराजित बने ।
रोनाल्डोले ९ सिजन रियल मड्रिडबाट ला लिगामा खेलेका थिए । खेलपछि रोनाल्डोले सर्वकालिन महान दुई खेलाडीबीच कुनै प्रकारको प्रतिद्वन्द्वी नरहेको बताए । ‘मैले सधै उनीसँग धेरै सौहार्दपूर्ण सम्बन्ध बनाए ।’ युभेन्ट्सका स्टार रोनाल्डोले भने । ‘मैले करिब १२, १३ वा १४ वर्ष अवार्ड समारोह उनीसँग बाँडेको छु । मैले कहिल्यै प्रतिद्वन्द्वीको रुपमा उनलाई हेरिन ।’ उनले थपे ।
‘उनी सधैँ आफ्नो टिमलाई राम्रो गर्न कोसिस गर्छन् । म त्यही गर्छु । मैले सधैं उनलाई राम्रो तरिकाले पाएको छु ।’ रोनाल्डोले भने । ‘तर हामी जान्दछौं, फुटबलमा, मिडियामा, देखाउनका लागि, एक प्रतिद्वन्द्वीको माग हुने गर्छ । तर मैले सधैं उनीसँग राम्रो व्यवहार गरेको छु । तर सधैं उनलाई त्यसरी नै देख्छु ।’ उनले थपे ।
मेस्सीले अन्य खेलाडीभन्दा बढी आक्रमण युभेन्ट्सको पोस्टमा गरे । तर उनी गोल गर्न सफल रहन सकेनन् । तर रोनाल्डोले दुई गोल गर्दै च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरे ।
‘बार्सिलोना कठिन समयबाट गुज्रिरहेको छ । तर ऊ अझै बार्सिलोनानै हो ।’ रोनाल्डोले भने । ‘साँचो यही हो कि हामी धेरै खुसी छौं । हामीलाई थाहा थियो, यो असम्भव मिसन थियो । यो एक जटिल मिसन थियो । तर हामीले राम्रो खेल्यौं ।’ उनले भने ।
युभेन्ट्स सिरि एमा समेत यस सिजनमा अपराजित छ । तर उसले १० खेलमा बराबरी खेलेको छ र तालिकाको छैटौं स्थानमा छ । टुरिन क्लब शीर्ष स्थानको मिलान भन्दा ६ अंकले पछि छ ।































प्रतिक्रिया