विद्युतीय सवारीसाधनको प्रवर्द्धननमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले ‘दिगो अटो कार्निभल’ आयोजना गर्ने भएको छ ।
बल्खुको मोर्डन पार्टी प्यालेसमा यही भाद्र १९ देखि २२ गतेसम्म चल्ने उक्त कार्निभलमा पुराना सवारीसाधनलाई नयाँ बिद्युतिय सवारीसाधनसँग एक्सचेन्ज गर्न सक्ने सुविधा पाउनेछन् । यस अवसरमा सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने पनि दिगो ग्रुपले जनाएको छ ।
कार्निभलमा ग्रुपले आफ्ना विभिन्न विद्युतीय गाडीहरूको प्रदर्शनी गर्नेछ । सहभागीहरूले ती गाडीहरूको टेस्ट ड्राइभ गर्न पाउने मौका पनि पाउनेछन्, जसले ग्राहकहरूलाई दिगोका गाडीहरूको उत्कृष्ट प्रविधि र प्रदर्शनको प्रत्यक्ष अनुभव गर्न मौका प्रदान गर्नेछ ।































प्रतिक्रिया