ग्लोबल आईएमई बैंकको बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

ग्लोबल आईएमई बैंकको बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । ग्लोबल आईएमई बैंक लिमिटेडको बालबालिका लक्षित ग्लोबल जुनियर एप सार्वजनिक भएको छ । बैंकले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूलाई लक्षित गरी ग्लोबल जुनियर एप सार्वजनिक गरेको हो । बैंकले बालबालिकाहरूमा सानै उमेरदेखि असल वित्तीय बानीेको विकास गर्न यो एप सार्वजनिक गरेको जनाएको छ ।

बैंकले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई आफैँ डिजिटल बैंकिङ्गको अनुभव लिने गरी ल्याएको यस ग्लोबल जुनियर एप मार्फत तोकिएको उमेर समूहका बालबालिकाहरूले बचत गर्ने बानीको विकास गर्नुका साथै अभिभावकको निगरानीमा आफ्नो बचत रकमलाई खर्च गर्न सक्नेछन् ।

यो एपमार्फत बालबालिकाहरूले बचत गर्न तथा आफूलाई आवश्यक परेको बेला बचतको रकम खर्च गर्ने सक्ने हुनाले यसले बालबालिकाहरूमा आर्थिक जिम्मेवारीको समेत विकास हुनेछ । साथै, आमाबाबुको निगरानी र मार्गदर्शनमा बालबालिकाहरूका लागि ग्लोबल जुनियर एपमार्फत् नवीनतम् वित्तीय सिकाइको अनुभव प्रदान हुने विश्वास बैंकले लिएको छ ।

यो एपमा अभिभावकको पूर्ण नियन्त्रण रहनुका साथै बालबालिकाहरूमा वित्तीय व्यवस्थापनसम्बन्धी क्षमता विकासका लागि सुरक्षित वातावरण समेत रहेको छ । ग्लोबल जुनियर एप १२ देखि १७ वर्षका किशोर प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको प्लेटफर्म हो ।

यो एप बालबालिकाहरूले प्रयोग गर्ने मोबाइलमा डाउनलोड गरी ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता अभिभावकहरूको समन्वयमा सजिलै सुचारु गर्न सकिन्छ ।


ग्लोबल जुनियर एपमा ब्यालेन्स हेर्न, ट्रान्जेक्सन इन्क्वाइरी गर्न र क्यूआर कोडमार्फत भुक्तानी गर्ने जस्ता सुविधाहरू उपलब्ध छन् । यो एप डाउनलोड गरेर पहिलो वर्षका लागि निःशुल्क रूपमा प्रयोग गर्न सकिन्छ ।

Logo