नेपाल एसबिआई बैंक र बुद्ध एयर प्रालिबीच बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी एयर टिकटमा ८ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका प्रबन्ध संचालक तथा प्रमूख कार्यकारी अधिकृत दीपककुमार देको उपस्थितिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत राजेशकुमार पंडा र बुद्ध एयर प्रालिका संचालक रुपेश जोशीले हस्ताक्षर गरेका थिए ।
कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत रितेश अर्याल, दरबारमार्ग मुख्य शाखाका शाखा प्रबन्धक प्रबिनमुनि बज्राचार्य लगायतको उपस्थिति थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।





























प्रतिक्रिया