काठमाडौं । सामसङको ए शृङ्खला अन्तर्गतको ग्यालेक्सी ए०६ नेपाली बजारमा भित्रिएको छ । यस स्मार्टफाेनले नेपाली प्रयोगकर्तालाई बेस्ट अनुभूति दिने विश्वास कम्पनीको छ ।
कम्पनीका अनुसार ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ । डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर रहेको छ । जसले स्पष्ट र डिलेट भएका फोटोहरू खिच्ने सुनिश्चित छ र उत्कृष्ट सेल्फीका लागि ८ एमपी फ्रन्ट क्यामेरा छ । यस फोनमा ६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन रहेको छ भने यसले माइक्रो एसडी मार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ ।
ग्यालेक्सी ए०६ मिडिया टेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङका लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ । यस फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता र २५ वाट तीव्र चार्जिङ फिचर रहेको कम्पनीले जनाएको छ ।
कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध ग्यालेक्सी ए०६ को ४/६४ जीबी भेरियन्टको मूल्य १५ हजार ४९९ रुपैयाँ तोकिएका छ भने ४/१२८ जीबी भेरियन्टको १७ हजार ४९९ रुपैयाँ तोकिएको छ । यसैगरी ६/१२८ जीबी भेरियन्टको १९ हजार ४९९ रुपैयाँ तोकिएको छ । यो फोन खरिदमा २५ वाटको सामसङ एड्याप्टर निःशुल्क उपलब्ध हुने कम्पनीको भनाइ छ ।
उपभोक्ताहरूले इन्स्टा फाइनान्स सेवाका साथमा नयाँ ग्यालेक्सी ए०६ सजिलैसँग प्राप्त गर्न सक्नेछन् । इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुनेछन् । यो सेवामा शून्य प्रतिशत ब्याजदरका साथ झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ, जसले गर्दा आफ्नो मनपर्ने डिभाइस एक घण्टाभित्रै आफ्नो हातमा प्राप्त गर्न सक्नेछन् । यो डिभाइस भदौ २३ गते देखि नेपालभरका स्टोरहरूमा उपलब्ध हुनेछ।





























प्रतिक्रिया