जनमत पार्टीको आज विजय र्‍याली, सिके राउतलाई अभिनन्दन

जनमत पार्टीको आज विजय र्‍याली, सिके राउतलाई अभिनन्दन

केन्द्रबिन्दु
0
Shares

सिके राउत नेतृत्वको नवघोषित जनमत पार्टीले आज विजय र्‍याली निकाल्ने भएका छन् ।

सर्लाहीको लहानबाट  ११ बजे शुरु हुने कार्यक्रम १ बजे रुपनी  तथा ३ बजे  सप्तरीको राजबिराज पुग्ने जनाइएको छ । मंसापुर—हनुमाननगर—योगिनिया हुँदै कंकालिनी मंदिर  र भारदह सम्म पुगेर सभामा परिणत हुने जनाएको छ।

र्‍याली पश्चात अध्यक्ष राउतलाई अभिनन्दन गर्ने कार्यक्रम समेत रहेको  छ ।

गठबन्धनको राष्ट्रिय परिषदको बैठकले जनमत पार्टी खोल्नेलगायतका निर्णय गरेको थियो  । यसका साथै बैठकले पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्का (स्ट्रिप) बीचमा बीचको सेतो स्ट्रीपमा रातो रंगको अष्टदल रहने निर्णय पनि गरेको छ । बैठकले डा. सीके राउतलाई राष्ट्रिय अध्यक्ष बनाउने सहितको विभिन्न निर्णय समेत गरेको थियो ।

यो पनि 

सीके राउतको पार्टीको नाम जनमत पार्टी, झण्डा अष्टदल (विज्ञप्तिसहित)

Skip This
Skip This
Logo