काठमाडौं । विराटनगर विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि पत्रकारका प्रश्न तेर्सिए । हरेक प्रश्नको सहज रुपमा जवाफ दिए । प्रश्न उत्तरको क्रम चलिरह्यो । विप्लव पार्टीमाथि किन प्रतिबन्ध लगाएको भन्ने पत्रकारको प्रश्नमा ओलीले जवाफ दिए, कुनै पनि सरकारी संस्थाहरुमा दर्ता नरहेको समूहलाई किन प्रतिबन्ध लगाउने ?
प्रधानमन्त्री ओलीले विप्लव पार्टीलाई कोब्रा समूहको संज्ञा दिए । उनले भने, ‘विप्लव समूह कतै दर्ता नभएको एक यस्तो झुण्ड हो जुन सरकारी संस्था कसैले पनि चिन्दैन, कैले कैले सुनिन्छ नि कोब्रा समूह के के समूह भनेर हो त्यस्तै एउटा समूहका रुपमा रहेको विप्लव समूहलाई मान्छे मार्न पाइँदैन भनेर सरकारले भनेको हो ।’
ओलीले यस्तो भनिरहँदा पत्रकारले ‘प्रतिबन्ध नै लगाउनुपर्ने भएपछि विप्लव समूह ठूलै रहेछ नि होइन र ?’ भन्दा ओली जंगिए । उनले भने, ‘विप्लव समूह अराजक समूह हो, त्यो समूहका माग के छन् तपाईहरुलाई थाहा छ ? कसैले मलाई भन्न सक्नुहुन्छ ? तपाईँहरुलाई शान्ति चाहिएको छैन ? सरकारले शान्ति कायम गर्नका लागि आवश्यक काम गर्छ । म विप्लव समूहलाई पनि भन्न चाहन्छु कि सरकार ठट्टा गरिरहेको छैन, यो ठट्टाको विषय होइन, मुलुकमा शान्ति चाहिन्छ, सरकारले आफ्नो काम गर्छ ।’































प्रतिक्रिया