‘छक्का पञ्जा २’ पुनः प्रदर्शन हुने

‘छक्का पञ्जा २’ पुनः प्रदर्शन हुने

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘छक्का पञ्जा-२’ पुन: प्रदर्शन हुने भएको छ । चलचित्र ‘दाल भात तरकारी’ को प्रदर्शन मिति सरेसँगै सो मितिमा चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शनमा आउने भएको हो ।

आउँदो नयाँ वर्ष अर्थात वैशाख १३ गतेको लागि प्रदर्शन मिति तय गरेको चलचित्र ‘दाल भात तरकारी’ ले प्रदर्शन मिति सारेर वैशाख २० पुर्याएको छ । यसको फाइदा गत दशैमा प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा २’ लाई भएको छ ।

छक्का पञ्जा २ घरेलु बक्स अफिसमा ब्लकबस्टर नै भएको थियो । कलाकार तथा निर्माता दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस सार्वजनिक गर्दै उक्त कुराको खुलासा गरेका हुन् ।

उनी लेख्छन् ‘दर्शकहरुको चाहना बमोजिम ‘छक्का पञ्जा २’ नेपालमा वैशाख १३ गते पुनः प्रदर्शन हुँदैछ । विदेशमा रहनुहुने दर्शकका लागि सोहि महिना हेर्ने व्यवस्था मिलाइदैछ । जय नेपाली चलचित्र ।’

Logo