काठमाडौं–तराई द्रुतमार्गको प्रगति सन्तोषजनक

काठमाडौं–तराई द्रुतमार्गको प्रगति सन्तोषजनक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

प्रतिनिधिसभा अन्र्तगतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई द्रुतमार्ग निर्माणमा नेपाली सेनाले गरेको काम सन्तोषजनक देखिएको बताएको छ ।

समितिले शुक्रबार काठमाडौं–तराई द्रुतमार्ग निर्माणका सम्बन्धमा गरेको स्थलगत अवलोकनको प्रतिवेदन सार्वजनिक गर्दै हालसम्म सेनाले गरेको कामको कार्य प्रगती सन्तोषजनक देखिएको बताएको हो ।

समितिले सभापती कल्याणी कुमारी खड्काको संयोजकत्वमा गत पुस ६ र १६ गते दुई चरणमा द्रुतमार्गको स्थलगत अवलोकन गरेको थियो । सभापती खड्काले अब गर्नु पर्ने काम अझ जटिल भएकोले लक्ष्य अनुसार नै निर्माण कार्यलाई तीव्रता दिनुपर्ने निष्कर्षमा समिति पुगेको बताए ।

उनले कूल ७६ दशमलव दुई किलोमिटर मध्ये ५४ किलोमिटर खण्डको कटिङ तथा फिलिङको काम करिव ७० प्रतिशत सम्पन्न भएको निष्कर्ष सहित यही गतिमा काम भए निर्धारीत समयभित्र सम्पन्ने हुने बताए । समितिले प्रतिवेदन सार्वजनिक गर्दै सेनालाई १३ वुद्धे सुझाव पनि दिएको छ ।
कारोबारबाट

Skip This
Skip This
Logo