संघीय संसद्को एक वर्ष : ५६ विधेयक दर्ता, २५ वटा ऐन प्रमाणीकरण

संघीय संसद्को एक वर्ष : ५६ विधेयक दर्ता, २५ वटा ऐन प्रमाणीकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संघीय संसद् प्रारम्भ भएको एक वर्ष पूरा भइसकेको छ । २१ फागुन ०७४ बाट सुरु संसद्को हिउँदे अधिवेशन अबको एक हप्ताभित्र टुंगिँदै छ । एक वर्षमा संघीय संसदमा ५६ विधेयक दर्ता भए, जसमध्ये २५ पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसके । यसबीचमा संसद्ले मौलिक हक कार्यान्वयन गर्ने १६ वटा कानुन निर्माण गरेको छ । संविधान अनुकूल बनाउनुपर्ने १ सय ६५ वटा कानुन पनि संशोधन गरिसकेको छ ।

प्रमाणीकरण हुन बाँकी विधेयकमध्ये अधिकांश प्रतिनिधिसभाबाट पारित भइसकेका छन् । केही विधेयक भने राष्ट्रिय सभा तथा प्रतिनिधिसभामा छलफलमा छन् । प्रतिनिधिसभाबाट पारित भइसकेका र राष्ट्रिय सभाबाट पारित हुन बाँकी ६ वटा विधेयक छन् । त्यस्तै ३ वटा विधेयक राष्ट्रिय सभाबाट पारित भई हाल प्रतिनिधिसभाको प्रक्रियामा छन् ।

संघीय संसद्को पहिलो अधिवेशनले सरकारले ल्याएको अध्यादेश पारित गरेको थियो । सो अधिवेशनले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग, राष्ट्रिय सभा सदस्य निर्वाचन, राष्ट्रिय चिकित्सा सम्बन्धी सरकारले ल्याएको अध्यादेश पारित गरेको थियो ।

मुलुकमा विद्यमान विभिन्न ऐन संघीय संसद् प्रारम्भ भएको एक वर्षभित्र संविधान अनुकूल बनाइसक्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुसार सरकारले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ मार्फत ५६ वटा तथा ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ मार्फत १०९ वटा ऐन संशोधनको प्रस्ताव संसदमा ल्याएको थियो । यी सबै ऐन १९ फागुनमा प्रमाणीकरण भइसकेका छन् ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo