कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की आजदेखि अनशन बस्दै

केन्द्रबिन्दु
261
Shares

काठमाडौं : कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आजदेखि अनशन सुरु गर्ने भएका छन्। आफ्नो कार्यकालमा घोषणा भएका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको भन्दै कार्कीले आज अपरान्ह ४ बजेदेखि आमरण अनशन बस्ने भएका हुन्। 

उनले  गत  आइतबार संससबाटै मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पठाएको ४८ घन्टे ध्यानाकर्षण पत्रको समय मंगलबार ४ बजेदेखि समाप्त हुने भएकाले घोषणाअनुसार आफू अनशन बस्न लागेको उनले बताए। 

उनले विराटनगरको देवकोटा चौकस्थित कोशी प्रदेश सभा परिसरमा अनशन बस्ने घोषणा गरेका छन्। आफ्नो माग पूरा नभएसम्म प्राण त्याग्न पनि तयार रहेको, तर अनशनबाट पछि नहट्ने कार्कीको भनाइ छ । आफूले घोषणा गरेका कार्यक्रम जनमुखी भए पनि वर्तमान मुख्यमन्त्री कार्कीले नियतवश कटौती गरेको आरोप लगाउँदै उनले अनशन बस्ने चेतावनी दिँदै आएका थिए । 

Skip This
Skip This
Logo