अब सरकारी कार्यालयमा सेयर कारोबार गर्न बन्द

अब सरकारी कार्यालयमा सेयर कारोबार गर्न बन्द

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । सरकारले अब सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ बन्द गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

सिंहदरबारका कर्मचारी कार्यालय समयमा काम छाडेर सेयर कारोबारमा व्यस्त हुने गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र पठाएको थियो । सोही आधारमा टीएमएस नचल्ने व्यवस्था गरेको हो । अब देशभरका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्न पाइने छैन ।

Logo