ओखलढुंगा
खोटाङमा भएको आगलागीमा ७ घर जलेका छन् । जंगलबाट सुरु भएको डढेलो बस्तीमा प्रवेश गरेपछि घर जलेका हुन् । गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट सुरु भएको डढेलो वस्तीमा प्रवेश गरेको हो ।
आगलागीबाट रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा रहेको घलेगाउँका गोपाल पाण्डे, युवराज पाण्डे, अभिकेसर पाण्डे, भीम पाण्डे र ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाका तोमबहादुर निरौला र पहलमान निरौलाको घर तथा गोठ जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए । गाउँपालिकाका अनुसार क्षतिको विवरण आउन बाँकी छ । डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय खटिएका छन् ।
रावाबेँसी गाउँपालिकाभित्रको डढेलो पूर्णरुपमा नियन्त्रणमा आइनसकेको भएपनि खतरा टरेको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाले बताए । गढीथुम्का र काँसेघडेरी सामुदायिक वनबाट फैलिँदै ऐंसेलुखर्क गाउँपालिका–७ माक्पाको लेवा क्षेत्रमा पुगेको डढेलो भने नियन्त्रण बाहिर गएको छ । आगो नियन्त्रण गर्न नसकिने अवस्था रहेको ऐंसेलुखर्क गाउँपालिका प्रमुख बिश्वनाथ निरौलाले बताए ।
अन्नपूर्णबाट































प्रतिक्रिया