कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान

कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने भएका छन् । महासमिति बैठक समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै जितेर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा एकपटक मात्रै अवसर दिने विषयमा प्रतिबद्धता जनाए पनि केन्द्रीय समितिबाट बहुमतले विधान पारित गर्दा यो विषय हटाएकोप्रति कांग्रेसका जिल्ला सभापतिहरूले आपत्ति जनाएका हुन् ।

शुक्रबार अनामनगरमा बसेको नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षीय कांग्रेसका २६ जिल्ला सभापतिहरूको गोप्य भेलाले विशेष महाधिवेशन बोलाउन आवश्यक पर्ने ४० प्रतिशत महाधिवेशन प्रतिनिधि पुर्याउन सबै जिल्लामा हस्ताक्षर अभियान चलाउने निर्णय गरेको हो । ‘सभापति र नेताले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न जितेर आउने, आरक्षण र समानुपातिकमा एक व्यक्ति दोहोरिरहन नपाउने विषयलाई महासमिति बैठकको समापनमा प्रतिबद्धता जनाउनु भएको थियो । उहाँहरूको प्रतिबद्धतापछि महासमिति समापन सहज भएको थियो,’ नुवाकोट कांग्रेस सभापति जगदीश्वरनरसिंह केसीले भने, ‘तर, महासमितिको निर्णयलाई केन्द्रीय समितिले उल्टाएपछि विधानलाई टेकेर हामीले विशेष महाविधेशनका लागि हस्ताक्षर अभियान अघि बढाउने तयारी गरेका हौँ ।’

को–को थिए भेलामा ?

मधु आचार्य (काभ्रे), जगदीश्वरनरसिंह केसी (नुवाकोट), सबुज बानियाँ (काठमाडौं), हिमालय कर्माचार्य (इलाम), लीला बोखिम (ताप्लेजुङ), विकास लामा (सिन्धुपाल्चोक), खड्गबहादुर शाही (मुगु), अमरसिंह पुन (रोल्पा), नरेशकुमार श्रेष्ठ (खोटाङ)
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo