गायक सुमित खड्काको ‘आउ प्यारा दाजुभाइ’ सार्वजनिक (भिडियोसहित)

गायक सुमित खड्काको ‘आउ प्यारा दाजुभाइ’ सार्वजनिक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायक सुमित खड्काले नयाँ राष्ट्रिय गीत ‘आउ प्यारा दाजुभाइ..’ सार्वजनिक गरेका छन् ।

प्रस्तुत गीतमा स्वदेशको विकाशमा एकजुट हुनका लागि नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई आग्रह गरिएको छ ।

गीतकार हरिभक्त्त बुढाथोकीले यस गीतमार्फत आफ्नो देशको माटोमा आफूले विकास गर्नका लागि ज्यानसमेत त्याग गर्नु पर्ने अनुरोध गरेका छन् । गीतमा शक्ति बल्लवको संगीत छ ।

गीतको‌ भिडियोमा दिपक जोशीले छायांकन, सदेश जोशीले सम्पादन तथा प्रदिप दाहालले निर्देशन गरेका छन् ।

गीतको भिडियोमा कृष्ण शिवाकोटी, उमेश खड्का, प्रदिप दाहाल, आनन्द अधिकारी, अनु गौतम र मुन पुडासैनीको अभिनय देख्न सकिन्छ ।

 

Logo