द नेक्स्टको माध्यमबाट अध्ययनका लागि क्यानडाको सेन्टेनियल कलेजमा जाने खुल्यो ढोका

द नेक्स्टको माध्यमबाट अध्ययनका लागि क्यानडाको सेन्टेनियल कलेजमा जाने खुल्यो ढोका

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । ‘द नेक्स्ट’ एजुकेसन कन्सल्टेन्सी विदेश अध्ययन गर्न जाने अधिकांश विद्यार्थीहरूको रोजाइमा पर्दै आएको छ । विदेश पढ्न जाने विद्यार्थीहरूको लागि द नेक्स्ट’ उपयुक्त गन्तव्य पनि हो । जसको परिणाम स्वरुप आज द नेक्स्टमा उचित परामर्शको लागि आफ्ना छोराछोरीलाई लिएर अभिभावक साथै दैनिक सयौं संख्यामा विद्यार्थी पुग्ने गर्छ ।

अस्ट्रेलिया, युके, युएसए, न्यूजिल्याण्ड, डेनमार्क, क्यानडा, आयरल्यान्ड जस्ता देशमा अध्ययनको लागि विद्यार्थी पठाउँदै आएको द नेक्स्टले आईईएलटीएस, पीटीइका तयारी कक्षासमेत धमाधम सञ्चालन गरिरहेको छ । डिजिटल कक्षा कोठासहित दक्ष शिक्षकको व्यवस्थापन गरी तयारी कक्षा सञ्चालन गरिरहेको उक्त कन्सलटेन्सीले विद्यार्थीलाई उचित मार्गदर्शन देखाई अभिभावकीय भूमिका खेल्दै आएको पाइन्छ । जसको लागि विदेशमा विद्यार्थीले राम्रो कलेज वा विश्वविद्यालय छनोट गर्न सकुन् भनेर द नेक्स्टले विभिन्न देशका विद्यालयसँगको सम्पर्क पनि बढाईरहेकाे हुन्छ ।

उक्त क्रमलाई निरन्तरता दिँदै द नेक्स्टले अब क्यानडाको सेन्टेनियल कलेजमा पनि नेपाली विद्यार्थी पढ्न जान सक्ने व्यवस्था मिलाएको छ । क्यानडाको उत्कृष्ट शैक्षिक संस्थाको रूपमा रहेको उक्त कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई भित्र्याउने उद्देश्य राखी नेपालबाट अध्ययन गर्न विदेश जाने विद्यार्थीहरुको लागि पनि ढोका खोलेको हो ।

उक्त कलेजमा प्राविधिक विषय पढ्न सकिने साथै छात्रावासको पनि सुविधा रहेको सेन्टेनियल कलेजकी एशोसिएट भाइस प्रेसिडेन्ट अफ ग्लोबल स्ट्राटेजी एण्ड मार्केटिङ डेभलपमेन्ट म्यारी ब्रासवेलले बताइन् ।

यस्तै, सेन्टेनियल कलेजका म्यानेजर रिक्युवमेन्ट एण्ड पार्टनर रिलेसन साउथ एशियाका बिपिन नालेन्दले नेपालबाट जाने विद्यार्थीको लागि पढाइ र सिकाइमा उत्तिकै ध्यान दिने बताए ।

द नेक्स्ट विदेश पढ्न जाने विद्यार्थीहरू बिच निकै लोकप्रिय छ । धेरै विद्यार्थीहरुलाई काउन्सिलिङ गर्दै उचित परामर्श दिई काम गरिरहेको द नेक्स्ट अन्यभन्दा भिन्न र विद्यार्थीलाई विदेश अध्यापनको उचित वातावरण सिर्जना गरी यात्रा तय गर्ने एउटा विश्वासिलो संस्था रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सालिक राम भण्डारीले बताए ।

यसैगरी सेन्टेनियल कलेजका दक्षिण एशियाली क्षेत्रीय प्रबन्धक स्टेन न्याटकबले पूर्वाधारको हिसाबले सेन्टेनियल अगाडि हुनुका साथै शिक्षाको लागि यो कलेज उत्कृष्ट गन्तव्य रहेको पनि बताए ।

कार्यक्रममा उक्त साउथ एसियाका रिक्युवमेन्ट अफिस अरुण विलियम्सले नेपालबाट सेन्टेनियलमा अध्ययन गर्न जान अब खासै गाह्रो नहुने बताए ।

शैक्षिक परामर्शदाताको एउटा छुट्टै छवि बनाएका ‘द नेक्स्ट’ एजुकेसन कन्सलटेन्सी विदेश अध्ययनको लागि जाने विद्यार्थीहरूको रोजाइमा पर्छ । सुविधा सम्मपन पूर्वाधार र दक्ष जनशक्ति भएको ‘द नेक्स्ट’ का उपत्यकाबाहिर पनि ६ वटा शाखा छन् ।

Logo