बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

केन्द्रबिन्दु
0
Shares

धरान

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा राजकुमार रौनियार पदबाट बर्खास्त भएका छन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिनेटको निर्णय सदर गरेपछि रौनियार पदमुक्त भएका हुन् ।

सिनेटको ४२ औं बैठकले रौनियारले पदीय मर्यादाविपरीत काम गरेको ठहर गर्दै उनलाई पदबाट हटाउने निर्णय गरी सदरका लागि कुलपति एवं प्रधानमन्त्री ओली समक्ष सिफारिस गरेको थियो । प्रतिष्ठानको सहकुलपति स्वास्थ्यमन्त्री हुने व्यवस्था छ । फागुन १६ र १७ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिनेट बैठकले उपकुलपति रौनियारलाई हटाउने निर्णय गरेको थियो । सिनेटको निर्णय सदरका लागि स्वास्थ्य मन्त्रालयले फागुन १९ गते कुलपति एवं प्रधानमन्त्री ओलीको कार्यालयमा पठाएको थियो ।

कुलपतिले निर्णय सदर गरेको जानकारीसहित बिहीबार प्रतिष्ठानलाई पत्राचार गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बताए । ‘सिनेटको निर्णय सदर भएर आएको छ, मन्त्रालयबाट बिपीमा पत्र पनि गइसक्यो,’ मन्त्री यादवले भने ।

कुलपतिको हैसियतमा प्रधानमन्त्रीले सो निर्णय फागुन २६ गते सदर गरेको मन्त्रालयले जनाएको छ । प्रतिष्ठानका सर्वोच्च निकाय सञ्चालक परिषद् (सिनेट) भए पनि उपकुलपतिको नियुक्ति कुलपतिले गर्ने भएकाले पदमुक्त गर्ने निर्णय पनि कुलपतिबाटै सदर हुनुपर्छ । सिनेटेका अन्य निर्णय भने कुलपतिसमक्ष सदरका लागि पठाउनु पर्दैन ।

प्रतिष्ठानको इतिहासमा बर्खास्तमा पर्ने रौनियार पहिलो उपकुलपति हुन् । स्वास्थ्य मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारीको प्रतिवेदन र त्यसपछि स्वास्थ्यमन्त्री यादवको संयोजकत्वमा गठन भएको अर्को छानबिन समितिको प्रतिवेदनका आधारमा सिनेट बैठकले रौनियारलाई बर्खास्त गर्ने निर्णय लिएको स्रोतले बतायोे ।
नागरिकबाट

Skip This
Skip This
Logo