नेपाल र नर्वेका सांसदहरूले गरे संसदीय अनुभव आदनप्रदान

नेपाल र नर्वेका सांसदहरूले गरे संसदीय अनुभव आदनप्रदान

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाल भ्रमणमा आएको नर्वेका सांसदहरूको एक टोलीले बिहीबार प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सदस्यहरूसँग छलफल गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा भएको छलफलमा उनीहरूले अनुभव आदानप्रदान गरेका हुन् ।

बैठकमा संसदीय शासन प्रणालीको सञ्चालन, लोकतान्त्रिक प्रक्रिया तथा साझा विश्वव्यापी एजेन्डाका लागि सहकार्य गर्नेबारे कुराकानी भएको थियो । अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादवले नर्वे र नेपालको संसदीय समितिबीच पहिलोपटक बैठक भएको बताए ।

उनीहरूले नेपालको ऊर्जा क्षेत्रमा सहयोग गर्न नर्वे इच्छुक रहेको पनि बताए । नर्वेका पूर्वविदेशमन्त्री र रक्षामन्त्री समेत रहेकी सांसद इने म्यारी एरिक्सन सोरेइडको नेतृत्वमा १४ सदस्यीय टोली नेपाल भ्रमणमा आएको हो ।

Skip This
Skip This
Logo