सांसद डा. सुनील शर्माको केएमसीको टोली मकवानपुरमा, ६४८ बिरामीको निःशुल्क उपचार

सांसद डा. सुनील शर्माको केएमसीको टोली मकवानपुरमा, ६४८ बिरामीको निःशुल्क उपचार

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले मकवानपुरको चखेलमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार केएमसीले सामाजिक उत्तरदायित्वअन्तर्गत इन्द्रसरोवर गाउँपालिकाको वडा नम्बर ५ चखेलको आयोजनामा कालीदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त शिविर आयोजना गरेको हो ।

शिविरमा ६ सय ४८ जना बिरामीको उपचार गरिएको दाहालले जानकारी दिए । बिरामीमध्ये ११५ जनाको भिडियो एक्सरे, ८४ जनाको ईसीजी गरिएको थियो भने २९ जनाको दाँत निकालिएको थियो । अधिकृत दाहालका अनुसार बिरामीमध्ये ४२ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

Skip This
Skip This
Logo