काठमाडौँ । क्यानडाको एचपी जागर्सलाई नेपालले अभ्यास खेलमा ६६ रनले हराएको छ । पहिला ब्याटिङ गर्दै नेपालले दिएको २४८ रनको लक्ष्य पछ्याएको जागर्स ३९ ओभरमा १८१ रनमा अल आउट भयो । जसमा अजयविर सिंहले ५५, नदिम मजिरले २९ र अनुप चिमाले १९ रन बनाएका थिए ।
नेपालका स्पिनर ललितनारायण राजवंशीले ४, सन्दीप लामिछाने ३, करण केसी र कुशल मल्लले एक–एक विकेट लिए । ओपनर कुशल भुर्तेलले ४१, आसिफ शेख १९, अर्जुन साउँद ८, भीम सार्की २१, रोहितकुमार पौडेल ३३, आरिफ शेख एक, कुशल मल्ल ९ रनमा आउट भएका थिए । अनिल शाहले ४७, गुलशन झाले १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए ।





























प्रतिक्रिया