आईटीमा भविष्य खोज्ने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्य, किस्ट कलेज [भिडियाेसहित]

आईटीमा भविष्य खोज्ने विद्यार्थीका लागि उत्कृष्ट शैक्षिक गन्तव्य, किस्ट कलेज [भिडियाेसहित]

केन्द्रबिन्दु
1.1k
Shares

नेपालको शैक्षिक क्षेत्रमा गौरवमय नाम हो, किष्ट कलेज । काठमाडौंकाे कमलपोखरीमा अवस्थित कलेजले तीन दशकको यात्रामा त्यस्ता थुप्रै जनशक्ति तयार गरेका छन्, जसको हातमा शैक्षिक योग्यताको प्रमाणपत्र मात्र होइन सीप, दक्षता र कार्यकुशलता पनि छ । फलस्वरुप उनीहरुले कुनै न कुनै क्षेत्रमा आफ्नो शानदार उपस्थिति जनाइरहेका छन् । सन् १९९५ मा स्थापना भएको कलेजले आजसम्म १६ हजार भन्दा बढी योग्य जनशक्ति एवं विदेशको रोजगार बजारमा पठाइसकेको छ ।

चाहे सूचना प्रविधि होस् वा व्यवस्थापन, आफ्नो रुची अनुरुपको विषयमा बलियो धरातल निर्माण गर्नका लागि किष्ट सर्वोत्तम रोजाइ हुनसक्छ । यहाँका प्रयोगात्मक शैक्षिक पद्धती, समर्पित शिक्षक समूह, चुस्त र गतिशिल व्यवस्थापन थप आकर्षण हुन् । त्यससँगै पर्याप्त शैक्षिक स्रोत, विद्यार्थीमैत्री भौतिक पूर्वाधार, पुस्ताकालय, प्रयोगशालाले विद्यार्थीको सिकाई प्रक्रियामा ठोस टेवा दिएको छ । होस्टल, क्याफेटेरिया, यातायातका सम्पूर्ण सुविधा कलेजले उपलब्ध गराउँछ ।

किष्टले विद्यार्थीको ग्रेड मात्र हेर्दैन, उनीहरुलाई व्यवहारिक रुपमा योग्य बनाई भविष्यको मार्गरेखा पनि तयार गरिदिन्छ ।

विद्यार्थीलाई पढाईसँगै व्यवहारिक र प्रयोगात्मक शिक्षा दिनका लागि कलेजले त्यस्ता सम्पूर्ण प्रणाली अपनाएको छ, जो आम शैक्षिक संस्थामा नहुन सक्छ । कलेजले विद्यार्थीको रुची पहिल्याउने, सोही अनुरुप पठनपाठन गराउने, आवश्यक क्षमता विकास गर्ने, अनुभव र प्रयोगमा आधारित गतिविधि गराउने, करियरका लागि उचित परामर्श दिने गरेको छ । त्यही कारण यस यहाँ विद्यार्थीले सही अभिभावकत्व महसुस गर्छन् ।

पढाईसँगै प्रयोगात्मक कक्षहरु सञ्चालन गर्ने, भ्रमण–सेमिनारमा सहभागी गराउने कलेजले विद्यार्थीको सिकाई अवस्था के छ, उनीहरुले के बुझे, कति बुझे ? नियमित अनुगमन गर्छ । यहाँ त्रिभूवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा इन्फर्मेशन टेक्नोलोजी, विज्ञान र व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तरसम्म पठनपाठन हुन्छ । अन्डरग्राजुएटमा पाँच वटा कार्यक्रम छ । बिबिए, बिबिएस, बिएस्सी, बिआइटी, बिआइएम जस्ता विषयमध्येबाट छनौट गर्न सकिन्छ ।

किष्टबाट उत्पादित अधिकांश विद्यार्थी कुनै न कुनै क्षेत्रमा रोजगारी गरिरहेका छन्, चाहे त्यो देशमा होस् वा विदेशमा ।

किष्टले विद्यार्थीको ग्रेड मात्र हेर्दैन, उनीहरुलाई व्यवहारिक रुपमा योग्य बनाई भविष्यको मार्गरेखा पनि तयार गरिदिने कलेजका प्रिन्सिपल समीर शर्मा बताउँछन् । विभिन्न रोजगारदाता कम्पनीहरुसँग सहकार्य गरी दक्ष विद्यार्थी ती ठाउँहरुमा रोजगारको अवसर दिलाउने गरेका छन् ।

प्रिन्सिपल शर्मा भन्छन्, ‘किस्टमा पढेका कति विद्यार्थीले यही पनि रोजगारको अवसर पाउने गर्छन् । उनीहरुले फ्याकल्टी मेम्बर, कोअर्डिनेटरको रुपमा काम गरिरहेका छन् ।’

कलेजले विद्यार्थीको क्षमता विकास र अभिभावकको सहजताका लागि नयाँ नयाँ अभ्यासहरु गरिरहेको छ । विद्यार्थीलाई सस्तो शूल्कमा गुणस्तरिय शिक्षा दिनका लागि यस्ता अभ्यासहरु उपयोगी सावित भएका छन् । सुविधायुक्त कक्षाकोठामा अनुभवी एवं दक्ष शिक्षकले प्रयोगात्मक विधिबाट जीवनोपयोगी शिक्षा दिने किष्ट कलेजले विद्यार्थीको सुविधा र आवश्यकतालाई हेरेर छात्रवृत्तिलगायत सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

आईटी अध्ययनका लागि सही रोजाई

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा हुर्किरहेका पुस्ता क्षण–क्षणमा उन्नत भइरहने सूचना–प्रविधिमा गोलबद्ध हुन चाहन्छन् । यसैमा भविष्य खोज्छन् र रमाउँछन् । विश्वको रोजगार बजारमा यस्तै जनशक्ति खपत भइरहेको अवस्था छ भने कुनैपनि मुलुकको आर्थिक उन्नतीको बलियो जग पनि । यही पृष्टभूमीमा किष्ट कलेजले आधुनिक प्रविधिले खोज्ने योग्य जनशक्ति तयार गर्दै आएको छ ।

यसअन्तगर्त कलेजले विगत दुई दशकदेखि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बिआइटी र एमआइटी कार्यक्रम सञ्चालन गरिरहेको छ । ‘बजारमा स्वदेशी–विदेशी सम्बन्धनका थुप्रै आइटी कार्यक्रम छन्’ बिआइटी र एमआइटी प्रोगाम कोअर्डिनेटर दीपक खड्का भन्छन्, ‘यो भीडमा बिआइटी र एमआइटी नै किन पढ्ने भन्ने कुरालाई मध्यनजर गर्नु जरुरी छ ।’

किष्टले आजसम्म १६ हजार भन्दा बढी योग्य जनशक्ति एवं विदेशको रोजगार बजारमा पठाइसकेको छ ।

सूचना प्रविधिमा जतिसुकै पढेपनि अन्ततः रोजगार बजारमा प्रवेश गर्दा प्रयोगात्मक काम गर्नैपर्ने हुन्छ । अर्थात् यो शैद्धान्तिकभन्दा बढी प्रयोगात्मक शिक्षा हो । यस हिसाबले अहिले चलनचल्तीमा रहेका आइटी कोर्समध्ये बिआइटी सबैभन्दा बढी प्रयोगात्मक कोर्स हो । ४ बर्ष र आठ सेमेस्टरको यो कोर्समा हरेक सेमेस्टरअनुसार प्रोजेक्ट वर्क गर्नुपर्ने हुन्छ । अर्थात् कोर्स अवधिभर ७ वटा प्रोजेक्ट वर्क र एउटा इन्टर्नसिप गर्नुपर्ने व्यवस्था हुनुपर्छ । यस कोर्सको अन्तिम चरणमा विशेषज्ञता भनेर ए, बि, सि क्याटाेगोरीमध्येबाट छनौट गर्न सकिन्छ । जस्तो डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मशिन लर्निङ, मोवाइल ल्याब डेभलपमेन्ट, सफ्टवेयर डेभलपमेन्ट आदि ।

‘यो कोर्स गरिसक्दा एउटा विद्यार्थीले व्यवहारिक एवं प्रयोगात्मक ज्ञान मात्र आर्जन गरिरहेका हुँदैनन्’ कोअर्डिनेटर खड्का भन्छन्, ‘इन्टर्नसिपको अनुभव पनि हासिल गरिसकेका हुन्छन् । यही कारण उनीहरुलाई रोजगार बजारमा प्रवेश गर्न कठिनाई हुँदैन ।’

त्यसो त किस्ट कलेजले देशका प्रतिष्ठित आइटी कम्पनीहरुसँगको सहकार्यमा इन्टर्नसिप एवं रोजगारको अवसर प्रदान गर्दै आएको छ । यहाँबाट उत्पादित अधिकांश विद्यार्थी कुनै न कुनै क्षेत्रमा रोजगारी गरिरहेका छन्, चाहे त्यो देशमा होस् वा विदेशमा ।

Skip This
Skip This
Logo