काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले सहकारीमा १ खर्ब भन्दा बढी पैसा अपचलन भएको बताएका छन् ।
आइतबार संसद भवन बाहिर पत्रकारहरुसँग कुरा गर्दै सांसद सिंहले सहकारीको पैसा रास्वपाले मात्र नभएर कांग्रेस र एमालेले पनि अपचलन गरेको बताएका हुन् ।
उनले भने, ‘सहकारीको नेपाली जनताको कर पसिनाको पैसा जुन १ खर्ब भन्दा बढी पैसा अपचलन भएको छ । त्यो अपचलन कुनै एउटा रास्वपाले मात्र होइन, वास्तबमा सहकारीको लागि न्यायीक छानबिन समिति यसको लागि उपयुक्त होइन, किनकी ३० वर्षदेखी यो देशमा शासन कांग्रेस र एमालेले गरिरहेको छ । त्यसैले यो सहकारीको पैसा एमाले, कांग्रेसले अपचलन गरेको हो । रविको मुख बन्द गराउनको लागि नयाँ सरकारमा समावेश गरेको हो । तर यसमा सर्वोच्च अदालतले न्यायीक छानबिन गर्न आवश्यक छ ।’
साथै उनले सहकारीका दोषिहरुलाई कारवाही गरिनुपर्ने बताए । उनले सहकारीको पैसा अपचलन गरेकाहरुबाट पैसा असुल गरेर सहकारी पीडितहरुलाई हस्तान्तरण गर्नुपर्ने बताए ।































प्रतिक्रिया