पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन

पत्रकार सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । पत्रकार तथा लेखक सुधीर शर्माका दुई पुस्तक एकसाथ विमोचन गरिएका छन् । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै शर्माका पुस्तक ‘हिमालपारिको हुरी’ र ‘भिक्षु, व्यापार र विद्रोह’को विमोचन गरिएको हो ।

शर्माले नेपाल चीन सम्बन्ध र विगतको नेपाल भोट (तिब्बत) सम्बन्धमा केन्द्रित रहेर पुस्तक लेखेका छन् । पुस्तक पञ्चवीरसिंह तुलाधर र ज्योतिलक्ष्मी शाक्यले विमोचन गरेका हुन् ।

शर्माले ‘हिमालपारिको हुरी’मा गणतन्त्रपछि फेरिएको नेपाल र चीनसँगको सम्बन्धबारे चर्चा गरेका छन् भने ‘भिक्षु, व्यापार र विद्रोह’मा नेपालको भोट र चीनसँगको सम्बन्धका इतिहास खोतल्ने प्रयास गरेका छन् । यसअघि प्रकाशित शर्माको किताब ‘प्रयोगशाला’ चर्चित पुस्तकका रूपमा चिरपरिचित छ ।

Skip This
Skip This
Logo