‘आइएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न

‘आइएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । तीनकुनेको गैरिगाउँमा रहेको आइएसएमटी कलेजले ‘आइएसएमटी जब फेयर’ कार्यक्रम सम्पन्न गरेको छ । कलेजकै प्राङ्गणमा भएको उक्त कार्यक्रममा आइटी, बिजनेस र हस्पिटालिटी क्षेत्रका विभिन्न १९ टप कम्पनीहरुले आफ्नो स्टल राखेका थिए ।

उक्त कार्यक्रममा आफ्नो अध्ययन सकाएर र अध्ययन गरिरहेका दुई सय विद्यार्थीहरूले अन्तर्वार्तामा सहभागिता जनाएका थिए । विद्यार्थीहरूलाई डिग्री मात्र उपलब्ध गराउने नभई दक्ष, सबल र सक्षम बनाउने उद्देश्यका साथ सञ्चालित यस आइएसएमटी कलेजले वर्षमा कम्तीमा २ वटा यस किसिमको जब फेयर कार्यक्रम आयोजना गर्ने गरेको छ ।

यस किसिमको कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो करियर स्टार्ट गर्न कम्पनी कम्पनी धाउन नपरोस् र एउटै स्थानमा विभिन्न कम्पनीको जानकारी पाउनुका साथै आफूले रोजेको कम्पनीमा जागिर पाउन सकुन् भन्ने अभिप्रायले यस किसिमको कार्यक्रम आयोजना गरिएको कलेजले जनाएको छ ।

बेलायतको युनिभर्सिटी अफ सन्डरल्याण्ड बाट सम्बन्धन प्राप्त यस आइएसएमटी कलेजले बिबिए, बिएचएम, बीएस्सी आइटी, बीएस्सी (अनर्स) साइबर सेक्युरिटी र डिजिटल फोरेन्सिक एमबिए तथा एमएस्सी कम्युटिंग लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । आइएसएमटी ग्रुप अन्तर्गत युनिभर्सिटी अफ सन्डरल्याण्ड युकेकै सम्बन्धनमा नेपालका प्रमुख सहरहरू चितवन, पोखरा, विराटनगर र बुटवलमा आफ्ना कलेजहरू सञ्चालन गरिरहेको छ ।

Skip This
Skip This
Logo