सीएसआरका परियोजना सञ्चालन गर्न ‘एनसेल फाउण्डेसन’को स्थापना

सीएसआरका परियोजना सञ्चालन गर्न ‘एनसेल फाउण्डेसन’को स्थापना

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपालमा निजी क्षेत्रको पहिलो जीएसएम सेलुलर टेलिकम्युनिकेसन सेवा प्रदायक एनसेलले १९औं वार्षिकोत्सवमा एनसेल फाउण्डेसनको स्थापना गरेको छ । मंगलबार काठमाडौमा एक विशेष कार्यक्रमबीच एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्न एनसेल फाउन्डेसनको घोषणा गरेकाे हाे ।

कम्पनीलाई थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउन र दिगो विकासका लक्ष्यहरु प्राप्तिका लागि योगदान पुर्याउन फाउन्डेसनको स्थापना गरिएको एनसेलको दाबी छ । फाउन्डेसनको उदेश्यहरुमा सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइडलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने रहेको छ ।

विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरी रु २ अर्वभन्दा बढिको योगदान गरेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाव्बोर कायुमोभले बताए ।

“विगतका १९ वर्षमा एनसेलले १ करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्रदान पार्दै स्वास्थ्य, शिक्षा, वातावरणलगायत विभिन्न क्षेत्रमा सामाजिक कार्यहरु गरी रु २ अर्व (१ करोड ५० लाख अमेरिकी डलर) भन्दा बढिको योगदान गरेको छ । हाम्रा सबै राम्रा कार्यलाई एउटै उदेश्य र छातामुनि ल्याउनु महत्वपूर्ण छ भन्ने कुरामा बिश्वास गरेर एनसेल फाउन्डेसनको स्थापना गरेका हौँ ।” उनले भने ।

सन्‌ २००५ मा एनसेलले आफ्नो सेवा सचालनमा ल्याउँदै यात्रा शुरु गरेको थियो । त्यसबेलादेखि नै कम्पनीले आफ्ना सेवाहरू प्रदान गर्दै नेपालको दूरसञ्चार क्षेत्रमा आमुल परिवर्तन ल्याएको छ र सेवामा पहुँच सुनिश्चित गराउँदै ग्राहक सेवामा व्यापक परिवर्तन ल्याउनमा ठूलो योगदान दिएको जनाएको छ । अहिले १ करोड ६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको एनसेल नेपालको ठूलो करदातामध्ये एक हो । एनसेलले आफ्नो स्थापनाकालदेखि आजसम्म रु ३२० अर्ब भन्दा बढी सरकारलाई कर तथा शुल्कहरु बुझाइसकेको छ र नेपालका अर्थतन्त्रमा उल्लेखनिय योगदान पुर्याएको जनाएको छ ।

Logo