काठमाडौं । एमएडब्लु वृद्धि अटोकर्पले आजबाट दिपल एक्सचेन्ज कानिर्भल सुरु गरेको छ ।
गैरीधारास्थित सिल्भरओकमा एमएडब्लु ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु वृद्धि अटोकर्पका प्रबन्ध निर्देशक विवेक सिकारियाले संयुक्त रुपमा एक्सचेन्ज कानिर्भलको उद्घाटन गरेका हुन् ।
कार्निभलमा सहभागी भएर ग्राहकले प्रि–बजेट मूल्य अर्थात ७१ लाख ९९ हजार रुपैयाँमा दिपल हट मोडेल दिपल एस०७ खरिद गर्न सक्नेछन् । साथै ग्राहकले आफ्नो पुरानो गाडीको मूल्यांकन नेपालकै टप ६ रिकन्डिसन हाउसबाट गराउन सक्ने छन् भने ग्राहकको सहजतालाई ध्यानमा राखेर एमएडब्लु वृद्धिले अतिरिक्त एक्सचेन्ज बोनस, अनस्पट फाइनान्स र अन स्पट डेलिभरीको पनि व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
कानिर्भलको पहिलो दिनमै ग्राहकले रुचीका साथ कार्निभलमा सहभागिता जनाएका थिए । यो कार्यक्रममार्फत नेपालमा चांगान र दिपलको पोजिसनलाई अझ बलियो बनाउने अपेक्षा एमएडब्लु वृद्धिले लिएको छ ।





























प्रतिक्रिया