विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

विश्वकप लिग–२ क्रिकेटअन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

केन्द्रबिन्दु
126
Shares

काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृंखलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दै छ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरु हुनेछ ।

यसअघि नेपाल आइतबार आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको थियो । क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अंकसहित तालिकाको दोस्रो स्थानमा छ । नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ । विश्वकप सन् २०२७ को छनोटका रूपमा रहेको लिग–२ मा आठ टोलीको सहभागिता छ । नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ ।

Skip This
Skip This
Logo