परासी । छातीको एक्सरे गर्ने बाहनामा एक स्वास्थ्यकर्मीले किशोरीमाथि यौन दुव्र्यवहार गरेका छन् । १५ वर्षीया किशोरीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४ लोहरौलीमा एक्सरे-प्याथोलोजी क्लिनिकका सञ्चालक २४ वर्षीय अमृश यादव पक्राउ परेका छन् ।
यावदलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले सोमबार राति पक्राउ गरेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।दुर्व्यवहार गरेको भन्दै स्थानीयले क्लिनिकमा तोडफोड गरेका छन् ।
आक्रोाशित स्थानीयवासीले प्रहरीको गाडीमासमेत तोडफोड गरेका छन् । ल्याव असिस्टेण्टसमेत रहेका निजी क्लिनिक सञ्चालक यादवले छातीको एक्सरे गर्ने भन्दै कोठाभित्र लगेर यौन दुर्व्यवहार गरेको पीडित किशोरीले बताईन् ।
दुर्व्यवहारमा पर्ने किशोरी भने भारतीय हुन् । छाती दुखेपछि भारतीय स्वास्थ्यकर्मीको सल्लाहमा एक्सरे गर्न किशोरी बुवासहित क्लिनिकमा आएकी थिईन् । भारतको सीमावर्ती बजार बर्गदवाबाट बुवासँग आएकी किशोरीलाई एक्सरेका लागि छातीको कपडा खोल्न लगाएका थिए ।
यादवले किशोरीका बाबुलाई बाहिर राखेर एक्सरे कक्ष बन्द गरेका थिए । छातीको कपडा र अन्य कपडा खोल्ने प्रयास गर्दै अन्य संवेदनशील अंगमा हात लग्न थालेपछि किशोरी चिच्चाउँदै एक्सरे कक्षबाट बाहिर आएकी थिईन् । दुर्व्यवहारपछि आरोपितलाई कालोमोसो दल्ने तयारीमा रहेका स्थानीय र प्रहरीबीच विवाद भएको थियो ।





























प्रतिक्रिया