कांग्रेस प्रवक्ता शर्माले रमेश प्रसाईं दम्पतीलाई भेट्दै भने, ‘करोडौं शुभकामना’

कांग्रेस प्रवक्ता शर्माले रमेश प्रसाईं दम्पतीलाई भेट्दै भने, ‘करोडौं शुभकामना’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पब्लिक स्पिकर एवं गायक रमेश प्रसाईं दम्पतीलाई भेटेर वधाई एवं शुभकामना दिएका छन् ।

मंगलबार काकडभिट्टामा पुगेर उनले रमेश दम्पतिलाई भेटेर शुभकामना दिएका हुन् । सामाजिक संजालमा तस्वीर पोष्ट गर्दै शर्माले यसको जानकारी दिएका छन् ।

रमेश प्रसाईंले मंसिर २२ गते कालीकोटकी नन्दा सिंहसँग विवाह गरेका थिए । शर्माले फेसबुकमा लेखेका छन्, :

कर्णाली कालीकोटकी चेलिलाई आज स्वागत गर्‍यौं कांकडभिट्टामा ,
प्रखर युवा रमेश प्रसाईं र सेवाभावको हृदय बोकेकी नन्दा सिंहलाई खुशी दाम्पत्य जीवनका लागि हार्दिक बधाई र करोडौं शुभकामना

Logo