‘हामी हाम्रा विद्यार्थीहरुको सर्वाङ्गीण विकासमा ध्यान दिन्छौं । सामाजिक मूल्य मान्यता, नैतिकता, व्यवसायिकताले सुशोभित उनीहरु प्रतिबद्ध, जिम्मेवार र अमूल्य नागरिक बन्छन् भन्ने हाम्रो विश्वास छ ।’ काठमाडौं डनबोस्को कलेजको मूल ध्येय हो यो । यस शैक्षिक संस्थाले विद्यार्थीलाई ज्ञान र सीपसँगै उत्तरदायी बन्न पनि प्रेरित गर्छ । त्यसैले त कलेजको एक आदर्श वाक्य छ, ‘कल्पना, प्रेरणा, प्रकाश र अन्तरदृष्टिका साथ भविष्यका सक्षम नेतृत्व जन्माउन ।’
यस कलेजले विद्यार्थीमैत्री वातावरणमा व्यवहारिक एवं प्रयोगात्मक शिक्षा दिँदै आएको छ । समर्पित अनि पोख्त शिक्षक समूह, परिपक्क अनि छरितो व्यवस्थापन, पर्याप्त शैक्षिक स्रोत अनि पूर्वाधार यहाँको खास आकर्षण हुन् । पुस्तकालय, प्रयोगशालाको सुविधासँगै विभिन्न माध्यामबाट प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको छ । त्यसका साथसाथै क्याफेटेरिया, यातायात आदिको पनि सुविधा उपलब्ध छ ।
विद्यार्थीले डनबोस्कोमा शैक्षिक ज्ञान मात्र हासिल गर्ने छैनन्, विभिन्न अतिरिक्त गतिविधिको माध्यमबाट आफ्नो कला, क्षमता एवं रुचीलाई उजागर गर्नेछन् ।
सुलभ शूल्कमा जीवनोपयोगी शिक्षा आर्जन गर्न र भविष्यका लागि सही लक्ष्य पहिल्याउन उपयुक्त गन्तव्य हुन सक्छ, काठमाडौं डनबोस्को कलेज । यहाँ बिबिए, एमबिए र इएमबिए कार्यक्रम सञ्चालित छन् ।
मुलुकको समग्र व्यवस्थापन शिक्षाको अभिवृत्तिमा योगदान पुर्याउने लक्ष्य छ यस शैक्षिक संस्थाको । त्यही अनुरुप व्यवसाय तथा व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट व्यवसायिक शिक्षा र अभ्यासहरु प्रदान गरी मानव संसाधन विकासमा ठोस टेवा पुर्याउँदै आएको छ ।
विद्यार्थीले कसरी पढाएका कुरा बुझ्छन्, कसरी त्यसलाई व्यवहारिक जीवनमा प्रयोग गर्छन्, कसरी नविन सोच र शैली अपनाउँछन्, कसरी विश्वव्यापी नागरिक बन्न सक्षम हुन्छन् ? कलेजले यही कुरामा केन्द्रित रहेर उनीहरुलाई मार्गदर्शन गर्छ । पुरातन ढर्राको शिक्षण शैलीबाट अलग यो कलेजले विद्यार्थीको आजको आवश्यकतालाई सम्बोधन गर्दै अगाडि बढेको छ ।
प्रा. डा. श्रीराम भगवत माथे भन्छन्, ‘हामी उत्कृष्टतामा विश्वास गर्छौं र यसलाई आचरणको रुपमा विकास गर्न चाहन्छौं ।’
कलेजकी प्रिन्सिपल रश्मी शर्मा मैनाली भन्छिन्, ‘अहिलेको नयाँ पुस्तालाई बुझ्ने उनीहरुको रुची र आकांक्षालाई सम्बोधन गर्ने हो ।’ स्वभाविक रुपमा अहिलेका पुस्ता विदेशिने हतारमा छन् । चाहे पढ्नका लागि होस् वा काम गर्नका लागि । प्रिन्सिपल मैनाली भन्छिन्, ‘यो आजको वास्तविकता हो । यसलाई हामीले तत्काल रोक्न सक्दैनौं ।’ कतिसम्म भने कक्षा ११, १२ सकाए लगत्तै उनीहरु अब्रोड स्टडीका लागि कन्सल्टेन्सीको चक्कर लगाउन थाल्छन् । यसबेला एक त उनीहरु परिपक्क भइसकेका हुँदैनन्, अर्को चाहिँ विदेशको पढाई र बसाई अत्यन्तै खर्चिलो हुन पुग्छ । यस्तो स्थितीमा उनीहरुले आफ्नो पढाईलाई सही ढंगले अगाडि बढाउन नसक्ने बाध्यता आउन सक्छ ।
डनबोस्कोमा स्नातकपछि बाँकी अध्ययनका लागि विश्वका विभिन्न मुलुकका विश्वविद्यालयहरुमा भर्नाका लागि सहज हुन्छ ।
‘यस्तै मनस्थितीमा रहेका विद्यार्थीहरुलाई ध्यानमा राखेर हामीले नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छौं’ प्रिन्सिपल रश्मी शर्मा मैनाली भन्छिन्, ‘जसअन्तर्गत उनीहरु दुई बर्ष नेपालमै बसेर पढ्नेछन् र त्यसपछि उनीहरु थप अध्ययनका लागि विदेश जान सक्छन् ।’
यसका लागि डनबोस्कोले थाइल्यान्ड, जर्मनी, अमेरिका, भारत, दक्षिण कोरिया आदिका विभिन्न विश्वविद्यालयसँग सहकार्य गरिरहेको छ । डनबोस्कोमा स्नातकपछि बाँकी अध्ययनका लागि उक्त मुलुकका विश्वविद्यालयहरुमा भर्नाका लागि पनि सहज हुन्छ ।
अहिले विश्व अर्थतन्त्रको नेतृत्व गरिरहेको मुलुक हो, चीन । यस मुलुकले नेपालमै पनि विकास निर्माणलगायत विभिन्न क्षेत्रमा काम गरिरहेको छ । यस अर्थमा अंग्रेजी जस्तै चिनियाँ भाषामा दख्खल भए थप अवसरका ढोकाहरु खुला हुन्छन् । यसैलाई आत्मसात गर्दै डनबोस्कोले विद्यार्थीलाई चिनियाँ भाषामा पनि पठनपाठन गराउँदै आएको छ । यसरी चिनियाँ भाषामा पोख्त भइसकेपछि उनीहरुले चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनका लागि छात्रावृत्तिको मौका पनि पाउन सक्छन् । खासगरी स्नातकोत्तर तह अध्ययनका लागि चीनका विश्वविद्यालयमा भर्ना लिन सक्छन् ।
कलेजको एक आदर्श वाक्य छ, ‘कल्पना, प्रेरणा, प्रकाश र अन्तरदृष्टिका साथ भविष्यका सक्षम नेतृत्व जन्माउन ।’
यस शैक्षिक संस्थाले विद्यार्थीलाई पठनपाठनको लागि सम्पूर्ण मार्गदर्शन गर्छ । यद्यपि कलेजमा आयोजना हुने कुनैपनि अतिरिक्त गतिविधिको नेतृत्व र व्यवस्थापन विद्यार्थीले गर्नुपर्छ । चाहे त्यो फूटबल होस् वा सांस्कृतिक कार्यक्रम, विद्यार्थीले गर्नुपर्छ । यसले उनीहरुमा सामूहिकताको भावना जगाउने मात्र नभई आर्थिक प्रबन्ध, नेतृत्व क्षमता जस्ता थुप्रै गुणहरुको विकास गर्छ । यससँगै कलेजमा विद्यार्थीहरुलाई एउटा चरणमा पुगेपछि आयआर्जनमा पनि लगाइन्छ । उनीहरुको रुची, दक्षता आदिसँग सम्बन्धित काममा खटाएर पढ्दै, कमाउँदै गर्ने मौका दिइन्छ ।
अहिले मानसिक स्वास्थ्यको कुरा पनि महत्वपूर्ण छ । यसैलाई मध्यनजर गरेर कलेजले विद्यार्थीलाई अनिवार्य मनोसामाजिक परामर्श दिलाउँदै आएको छ । समग्रमा कलेजले पढाईका साथसाथै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि उपयुक्त वातावरण प्रदान गरेको छ । कलेजका अध्यक्ष प्रा. डा. श्रीराम भगवत माथे भन्छन्, ‘हामी उत्कृष्टतामा विश्वास गर्छौं र यसलाई आचरणको रुपमा विकास गर्न चाहन्छौं ।’ उनी दार्शनिक अरस्तुको भनाई उद्धृत गर्दै भन्छन्, ‘उत्कृष्टता कार्य होइन, बानी हो ।’
विद्यार्थीले यहाँ शैक्षिक ज्ञान मात्र हासिल गर्ने छैनन्, विभिन्न अतिरिक्त गतिविधिको माध्यमबाट आफ्नो कला, क्षमता एवं रुचीलाई उजागर गर्नेछन् । त्यही अनुरुप कलेजले उर्बर धरातल निर्माण गरिदिएको उनी बताउँछन् ।































प्रतिक्रिया