प्रविधि र व्यवस्थापनमा सुनौलो करियर निर्माण गर्नेहरुको आधारभूमि, एनसिसिएस कलेज [भिडियाे]

प्रविधि र व्यवस्थापनमा सुनौलो करियर निर्माण गर्नेहरुको आधारभूमि, एनसिसिएस कलेज [भिडियाे]

केन्द्रबिन्दु
543
Shares

नेशनल कलेज अफ कम्प्युटर स्टडिज (एनसिसिएस) यस्तो शैक्षिक जग हो, जहाँ टेकेर प्रविधि र व्यवस्थापनका लागि सुनौलो करियर निर्माण गर्न सकिन्छ । प्रविधि र व्यवस्थापनमा सक्षम अनि योग्य जनशक्ति तयार गरिरहेको यो कलेज सन् १९९९ मा स्थापना भएको हो ।

कलेजले त्रिभूवन विश्वविद्यालयको सम्बन्धनमा चार बर्षे व्याचलर अफ इन्फर्मेशन म्यानेजमेन्ट, चार बर्षे ब्याचलर अफ होटल प्रोगाम, चार बर्षे ब्याचलर अफ साइन्स इन कम्प्यटर साइन्स एन्ड इन्फर्मेशन टेक्नोलोजी, चार बर्षे ब्याचरल अफ बिजनेस म्यानेजमेन्ट र चार बर्षे ब्याचलर अफ कम्प्युटर एप्लिकेशनको कोर्स गराउँदै आएको छ ।

एनसिसिएसले विद्यार्थीलाई प्रयोगात्मक पढाईपछि रोजगारको लागि अनुकूल बाटो खुला गरिदिन्छ ।

प्रयोगात्मक पढाईसँगै विद्यार्थीलाई सीप र क्षमताले योग्य बनाउन कलेजले सोही अनुरुपको पूर्वाधार तयार गरेको छ । होटल व्यवस्थापनका लागि विभिन्न श्रेणी र सज्जाको भान्सा, प्रविधि पढ्नेका लागि सुविधासम्पन्न प्रयोगशाला यहाँ उपलब्ध छन् । त्यससँगै अनुभवी शिक्षक समूह, छरितो व्यवस्थापनले कलेजलाई थप उचाईमा पुर्याएको छ ।

एनसिसिएसका सिनियर कोअर्डिनेटर रमेश मैनाली कलेजले प्रविधि र व्यवस्थापनको गुणस्तरिय शिक्षा प्रदान गर्दै आएको बताउँछन् । कलेजले उत्कृष्ट नतिजासहित त्रिभूवन विश्वविद्यालयको सम्बन्धनमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । यहाँ बिआइएम, बिसिए, बिबिएम, हस्पिटालिटी म्यानेजमेन्ट, बिएचएम जस्ता कुनैपनि कोर्स गर्न पाइन्छ ।

मैनाली भन्छन्, ‘यी प्रयोगात्मक र जीवनोपयोगी कोर्स हुन्, जसलाई हामीले सोही अनुरुप स्रोत साधनको उपयोग गर्दै विद्यार्थीलाई पठनपाठन गराइरहेका छौं । त्यसैले यहाँबाट उत्तीर्ण भएर गएका विद्यार्थीले सम्बन्धित क्षेत्रमा राम्रो अवसर पाउने गरेका दृष्टान्त छन् । उनीहरुले उन्नत जीवन चलाइरहेका छन् ।’

कलेजले विद्यार्थीलाई प्रयोगात्मक पढाईपछि रोजगारको लागि अनुकूल बाटो खुला गरिदिन्छ । त्यसो त पठनपाठनसँगै विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउन अतिरिक्त गतिविधि पनि सञ्चालन गर्दै आएको छ ।

समग्र विकासले नै प्रभावकारी जनशक्ति तयार गर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै कलेजले खेलकुद, कला मनोरञ्जन आदिलाई प्राथमिकताका साथ समेटेको छ । कलेजले इन्डोर, आउटडोर खेलकुद, वादविवाद प्रतियोगिता, छलफल, सेमिनार आदिमा विद्यार्थीलाई सरिक गराउँदै आएको छ ।

किचन होस् या बेकरीमा काम गर्ने रुची हुनेलाई विश्वभरको मुख्य मुख्य मेनु तयार गर्ने विधि सिकाउँछौं ।

यसैगरी एनसिसिएसका विएचएम कार्यक्रम संयोजक गणेश मैनाली अहिले विश्व बजारमा उच्च माग हुने जनशक्ति हस्पिटालिटी क्षेत्रकै रहेको र आफूहरु त्यसमै आधारित भएर लागेको बताउँछन् । ‘अहिले देश तथा विदेशमा उच्च माग हुने जनशक्ति हो, हस्पिटालिटी । नेपाल जस्तो पर्यटनमा आधारित मुलुकका लागि त यस्तो जनशक्तिको खाँचो र औचित्य अरु बढी छ । हामीले सन् २०१० देखि यस्तै जनशक्ति तयार गर्ने विएचएम कार्यक्रम सञ्चालन गरिरहेका छौं । यो प्राविधिक विषय हो । यसको पढाई पछि भाईबहिनीहरुले स्वदेशी तथा विदेशी बजारमा सहजै काम गर्न सक्षम हुन्छन् । उनीहरुले यस अन्र्तगत आफ्नो रुचीको क्षेत्रमा रोजगारी खोज्न सक्नेछन् ।’ उनले भने ।

किचन हाेस् या बेकरी जसलाई जहाँ रुची छ त्यसै क्षेत्रमा काम सिकाउने उनको भनाई छ । ‘जस्तो कसैलाई किचनमा काम गर्ने रुची हुन्छ, कसैलाई बेकरीमा । भान्सामा काम गर्न रुची हुनेलाई विश्वभरको मुख्य मुख्य मेनु तयार गर्ने विधि सिकाउँछौं । बेकरीका लागि सोही हिसाबले परिकार तयार गर्न पोख्त बनाउँछौं । कसैले ठूलो भोज भतेर वा जमघटका लागि खानेकुरा तयार गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा नआत्तिई उनीहरुले कसरी भान्सा सम्हाल्न सक्छन् ? उनीहरुलाई सिकाउँछौं ।’ आफूहरुले तयार पारेको दक्ष जनशक्तिले हस्पिटालिटीको कुनैपनि क्षेत्रमा कुशलतापूर्वक प्रस्तुत गर्न सक्ने मैनालीको दाबी छ ।

ब्याचलर अफ कम्प्युटर एप्लिकेसन्सकी विद्यार्थी कृष्टि प्रजापति भन्छिन्, ‘प्लस टु मैले यहीँ कलेजबाट गरेकी हुँ । स्नातक पनि यही गर्दैछु । मलाई यहाँको शैक्षिक वातावरण, अनुभवी शिक्षकहरुले आकर्षित गर्यो । त्यसका साथै यहाँ विद्यार्थीको सर्वाङ्गीण विकास गर्ने हेतुले अतिरिक्त गतिविधि हुने गरेका छन् ।’

होटल उद्योग भनेको यस्तो क्षेत्र हो, जहाँ ग्राहक प्रवेश गरेदेखि उनीहरुलाई बिदाई गर्दासम्म विभिन्न भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

‘यहाँ प्रविधियुक्त प्रयोगशाला छन्, त्यसैले हाम्रा विद्यार्थीले शैद्धान्तिक मात्र नभई प्रयोगात्मक रुपमै यहाँ सिक्न पाउँछन्’ सेफ रुकेश मानन्धर भन्छन् । मानन्धर कलेजका फुड प्रोडक्सन एन्ड पेस्टीसरी इन्स्ट्रक्टर हुन् ।

उनका अनुसार होटल उद्योगमा धेरै किसिमका भान्सा हुन्छन् । होटलको स्टर र आवश्यक्ताअनुसार त्यसमा विविधता हुन्छ । जस्तो आधारभूत भान्सा, एड्भान्स भान्सा, बेकरी भान्सा । यी सम्पूर्ण किसिमको भान्सामा कसरी काम गर्ने भनी प्रयोगात्मक ज्ञान लिन सकिन्छ यस कलेजमा ।

विआइएम सातौं सेमेस्टरकी विद्यार्थी निक्की महर्जन भन्छिन्, ‘मैले तीन बर्षमा यो कलेजको वातावरणमा राम्ररी घुलमिल हुने मौका पाएँ । यहाँ प्रयोगात्मक पढाई हुनुका साथै विद्यार्थीको क्षमता विकासका लागि विशेष किसिमको कार्यक्रमहरु सञ्चालन गरिन्छ । मैले पढिरहेको विआइएम प्रविधि र व्यवस्थापनको मिश्रण हो । यसअन्तर्गत ६० प्रतिशत प्रविधि छ भने ४० प्रतिशत व्यवस्थापन ।’

अहिले विश्व बजारमा उच्च माग हुने जनशक्ति हस्पिटालिटी क्षेत्रकै रहेको र एनसिसिएस त्यसमै आधारित भएर लागिपरेकाे छ ।

कलेजमा योग्य र सहयोगी शिक्षक समूह, पर्याप्त शैक्षिक स्रोत, प्रयोगात्मक र प्रभावकारी पढाई विशेष रहेको उनको भनाई छ । ‘बेलाबेला विभिन्न कार्यक्रम हुने गर्छ जस्तो फूड फेस्ट, कल्चरल कार्यक्रम’ उनी भन्छिन् ।

पठन विधि, पूर्वाधार र शैक्षिक स्रोतका कारण विद्यार्थीहरु यस कलेजप्रति आकर्षित छन् । करियरप्रति सचेत विद्यार्थीले यहाँ उपयुक्त अवसर सिर्जना गर्न सक्छन् । कतिपय विद्यार्थीलाई छात्रावृत्तिको व्यवस्था छ । पढ्न चाहने वा करियर बनाउन उत्सुक जाँगरिला विद्यार्थीहरुले यसलाई उर्बर थलोको रुपमा लिन सक्ने कलेजकाे दाबी छ ।

Skip This
Skip This
Logo