भारतीय सांसद अल्का लाम्बाले लेखेको एउटा ट्वीटले नेपालमा तहल्का मच्चाएको छ।
आम आदमी पार्टीकी सांसद लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेको भन्दै नेपाली सामाजिक संजाल प्रयोगकर्ताहरुले बिरोध गरिरहेका छन्। कतिपयले भने यो बिरोध गरिरहनपर्ने टिप्पणी नभएको बताएका छन्।
पत्रकार कुसुम चर्को आलोचना गर्दै नेपाली चौकिदारी गर्ने जमानामा नरहेको उल्लेख गरेका छन्। उनले पछिल्लो समय नेपालीहरु हङकङ, मलेसिया, ताइवान, सिँगापुर, दुबईमा गएर ‘सेक्यूरीटी गार्ड’को जागीर खाइरहेका त् विश्वकै धनी मानिसहरुको ‘बडी गार्ड’ भइ काम गरिरहेको भन्दै नेपालमा कार्यारत भारतीय नागरिकहरुको ख्याल गर्न सुझाव दिएका छन्।

ब्लगर दुर्गा पंगेनीले भने लाम्बालाई समर्थन गर्दै लेखेका छन्। ‘अरवीहरुले निम्न तहको कर्मचारीलाई “नोक्कर” भन्छन..! अव नेपाल बाट नोक्कर मगाऔं भने अपमानित महसुस गर्ने ? भारतमा कति छन नेपाली “चौकीदार” ? कि जान छोड्नु पर्यो होईन भने यस्ता शब्द सहन सक्ने शक्तीको विकाश पनि गर्नु पर्यो।’ उनले लेखेका छन्। लाम्वालेले चौकीदार भन्नुको सट्टा सेक्युरीटी भनि दिए हुने भन्दै उनले नेपालीहरुमा अलि कम अपमान बोध हुन्थ्यो कि भन्दै व्यंग्य गरेका छन्।


ट्वीटको आशय के ?
लम्बाले आफ्नो पार्टीको लागि भोट माग्न नेपाली मजदुरहरुलाई जोडेर ट्वीट गरेकी थिइन्। उनले भारतमा प्रधानमन्त्री चुन्नपर्ने भएकाले चौकीदार नचुन्न आग्रह गरेकी हुन्। ट्वीटमा उनले चौकीदार नेपालबाट ल्याउने समेत अभिव्यक्ति दिएकी छन् । उनले नेपालका चौकीदारहरु चोर नहुने समेत उल्लेख गरेकी छिन् ।
‘प्रिय भारतवासी, कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला । चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।नेपालका चौकीदार चोर हुँदैनन् ।’ उनले लेखेकी छन्।

उनको ट्वीट नेपाली भन्दा भारतीय नेताहरुतर्फ इंगित देखिन्छ। उनले भारतका भावी प्रधानमन्त्रीका बिपक्षी उम्मेदवारलाई ‘चौकीदार’ को संज्ञा दिएको देखिन्छ। उनले नेपाली चौकीदार सज्जन भएको भन्दै उल्लेख गरेका छन्। यस किसिमले हेर्दा उनले नेपाली चौकीदारहरुको इज्जत गरेको देखिन्छ। तर,नेपालमा भने उनले प्रयोग गरेको ‘चौकीदार’ शब्दका कारण आलोचना भैरहेको छ।
को हुन् लाम्बा ?

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१३ मा आम आदमी पार्टीमा आबद्ध भएकी थिइन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी ‘गो इन्डिया फाउन्डेसन’ नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।





























प्रतिक्रिया