फोन भित्रको कुरा देखाउन किन लजाए अनुपबिक्रम ? रमाईलो भिडियो

फोन भित्रको कुरा देखाउन किन लजाए अनुपबिक्रम ? रमाईलो भिडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नायक अनुपबिक्रम शाही पछिल्लो समयका निकै ब्यस्त नायकको रुपमा चिनिन्छ । उनले म्यानहन्ट नेपालबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।

कुनै चलचित्रमा खलनायक त कुनैमा नायकको भूमिका निभाउने अनुपलाई दर्शकले दुबै भूमिकामा उत्तिकै मन पराएको पाइन्छ । पछिल्लो समयको हिट चलचित्र ‘कृ’मा उनी खलनायकको भूमिकामा थिए । त्यो भूमिकाबाट पनि उनले राम्रो प्रतिक्रिया पाए ।

यस्तै त्यसपछिका अन्य सबैजसो चलचित्रमा उनी नायककै भूमिकामा देखिए । ‘कृ’ पछि उनले ‘हुर्रे, लिलिबिली, बिरांगना, झमकबहादुर’ लगायतमा काम गरिसकेका छन् ।

अहिले अनुप ‘पुरानो बुलेट’ प्रचार प्रसारमा व्यस्त छन् । केही दिन अगाडि निर्माण टिमले पथरीको कञ्चन चलचित्र मन्दिरमा च्यारिटी शो सम्पन्न गरेको थियो । च्यारिटी शोमा फिल्म हेरेका सबै दर्शकहरुले ‘पुरानो बुलेट’ लाई राम्रो प्रतिकृया दिएका थिए ।

नायक अनुपविक्रमसँगै वर्षा सिवाकोटी, नायिका माला लिम्बु, कृष्ण भक्त महर्जन, कविता आले, शिव मुखिया, भारत लिम्बु, शिरोमनी दवाडी, बादल श्रेष्ठ, करण धिताल, अशोक कुमार राई, टिका राम राई लगायत कलाकारहरुको अभिनय रहेको छ । ‘पुरानो बुलेट’ चैत्र १ गते देखि प्रदर्शन हुँदैछ । यो हेर्नुहोस अनुपविक्रम र मालासँग गरिएको रमाईलो कुराकानीः

Logo