पोखरा । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवंगत नेता रवीन्द्र अधिकारीको क्षेत्रमा उपनिर्वाचन हुँदा उनकी पत्नीलाई उम्मेदवार बनाउन सकिने बताएका छन्।
सोमबार पोखरामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले अधिकारीको निधनपछि खाली भएको कास्की-२ को सांसदका लागि अधिकारी पत्नी विद्यालाई नेकपाले उम्मेदवार बनाउन सक्ने बताएका हुन्।
वामदेव गौतमको त्यतिकै चर्चा आएको र त्यसमा खण्डन भइसकेको बताउँदैं सोच विचार गरेर विद्यालाई टिकट दिन सकिने बताएका हन् ।
भने, ‘परिवारको सदस्यभित्रबाट जाँदा उहाँको परिवार पनि राजनीतिक परिवार हो। नेतृत्व गर्न सक्ने क्षमता भएको उहाँको जीवन संगिनी पनि हुनुहुन्छ, विद्याजी। यी सबैप्रति विचार गरेर पार्टीले निर्णय गर्छ।’
गत वर्षको प्रतिनिधि सभा चुनावमा उक्त क्षेत्रबाट निर्वाचित भएका अधिकारी पर्यटन मन्त्री बनेका थिए। ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा गत फागुन १५ गते हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो ।





























प्रतिक्रिया