देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
निर्मला काण्डः मानवअधिकार संगठनले गुपचुप प्रतिवेदन सच्यायो
अदालतमा मुद्दा परेपछि नेपाल मानवअधिकार संगठन (ह्युरोन) ले आफ्नो प्रतिवेदन सच्याएको छ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको घटनामा स्थलगत अनुगमन गरेको ह्युरोनले आफ्नो स्थलगत अनुगमनको प्रतिवेदन गुपचुपमा सच्याएको हो । उक्त प्रतिवेदनमा समावेश गरिएका तथ्यहरुमाथि प्रश्न उठाउँदै आलोचना भएपछि गुपचुप सच्याएर पुरानै मिति राखी आफ्नो वेबसाइटमा अपलोड गरेको हो । ह्युरोनले गत असोज १० गतेको मिति राखी संगठनको स्थलगत अनुगमनको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो ।
सम्झनामा शहीद गोविन्द गौतम, राज्यले विर्सियो !
दुई वर्ष अघि अर्थात आजकै दिन पुनर्वासको आनन्दबजारमा नेपाल–भारत सीमा क्षेत्रमा निकै दुखदायी घटना घटेको थियो । नेपाली भूमिका कल्भर्ट निर्माण गर्दा भारतीय पक्ष रोक लगाउँछन् । आफ्नै भूमिमा पनि कल्भर्ट निर्माण गर्न अरुको देशको अनुमति चाहिने भन्दै नेपाली आक्रोशित हुन्छन् । भारतीय पक्षले उक्त भूभाग आफ्नो भएको जिकिर गर्छन् । भारतीय पक्षले उक्त कल्भर्ट भत्काउन खोज्छन् । नेपालीहरु त्यसको प्रतिकारमा उत्रन्छन् ।
सीमा क्षेत्रमा व्यापक मात्रामा भारतीय सुरक्षाकर्मी तैनाथ । नेपालतिर भने सयौंको संख्यामा स्थानीय तथा दर्जनजति प्रहरी । दुवै पक्षबाट ढुंगा हाहाना हुन्छ । यो क्रम केही समय चल्दै जान्छ । भारतीय सुरक्षाकर्मीसँगै रहेका भारतीय नागरिक ढुंगा मुढा प्रहार गर्छन् ।
सीके राउतसँग आत्मसमर्पण गरेको होइन- गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले स्वतन्त्र मधेश गठबन्धसंग सरकारले आत्मसमर्पण नगरेको बताएका छन् । आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकार र सीके राउत समूहबीच भएको सहमतिका बारेमा प्रश्न उठाएपछि सरकारको तर्फबाट गृहमन्त्री थापाले संसदमा जानकारी गराएका थिए । उनले सहमति देशको लागि ठूलो उपलव्धि भएको बताएका छन्।
सीके राउत प्रकरणमा कुन पार्टीको धारणा कस्तो ?
सरकारले सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनसँग ११ बुँदे सहमति गर्यो । राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारको पक्षबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका संयोजक सिके राउतले सहमति पत्रमा हस्ताक्षर गरे । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले डा. सीके राउतमा असाधारण खालको खुबी देखिएको बताए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै स्वतन्त्र मधेश गठबन्धनका संयोजक राउतले देशमा हुन सक्ने भयावह अवस्थाको सुरक्षित अवतरण भएको बताए। सरकारसँग गरिएको उक्त सम्झौतापछि समग्र मधेशी जनताको जीत भन्दै तराई–मधेशमा दिपावली समेत गरियो ।
तर, अहिले यसको पक्ष विपक्षमा बहसहरु भैरहेका छन्। सत्तापक्षी केही नेताहरु सम्झौताको पक्षमा रहेका छन् भने अधिकांशले सम्झौताले भ्रम सिर्जना गरेको भन्दै बिरोध जनाइरहेका छन्। सत्तापक्षकै कतिपय नेताहरुले समेत यो सम्झौताको खुलेर बिरोध जनाईरहेका छन्। यतिबेला नेपाली राजनीति ‘जन अभिमत’ र ‘जनमत’ शब्दजालमा अल्झिरहेको छ।
सरकारसँगको सम्झौतापछि सीके राउत झन आक्रामक
गत शुक्रबार स्वतन्त्र मधेश गठबन्धनसँग सरकारले ११ बुँदे सहमति गर्यो । उक्त सहमतिपछि अखण्ड नेपाल स्वीकार गर्ने र शान्तिपूर्ण राजनीतिमा आउने गठबन्धनका संयोजक डा. सीके राउतले घोषणा गरे । गत शुक्रबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित कार्यक्रममा राउतले शान्तिपूर्ण राजनीतिमा आउने घोषणा गरेका थिए । सरकारसँग गरिएको उक्त सम्झौतापछि समग्र मधेशी जनताको जीत भन्दै तराई–मधेशमा दिपावली समेत गरियो । राजनीतिक सहमतिसँगै अखण्ड नेपाल स्वीकार गरेकैदिन राउत गठबन्धनका नेता कार्यकर्ताहरुले दिपावली मनाएका हुन् ।
स्पर्श लघुवित्तको आइपीओ खुल्यो
स्पर्श लघुवित्त वित्तीय संस्थाको आइपीओ खुलेको छ। कम्पनीले २ लाख ५२ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुल्ला गरेको हो ।कम्पनीले ४ हजार १४८ कित्ता कर्मचारीलाई र १३ हजार ४८२ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । आइपीओका लागि सी–आस्वा र मेरो शेयरबाट आवेदन दिनुपर्नेछ ।
साउनबाट बेरोजगारलाई १०० दिन काम, निवेदन दिन आह्वान
राष्ट्र विघटन बाहेकका सहमति हो भने राम्रो : देउवा
कृषि कार्यक्रममा प्रधानमन्त्रीको नयाँ घोषणा (भिडियोमा)
वडा कार्यालय पुग्न चार घण्टा पैदल हिँड्नुपर्ने
जुवा अखडाबाट ६ महिलासहित १५ पक्राउ
विकास निर्माणमा मित्र राष्ट्रको सहयोग चाहियो- प्रधानमन्त्री
भारतमा आज मतदानको मिति घोषणा हुँदै
संरक्षणको अभावले कुरुप दासढुङ्गा
गर्भवती श्रीमतीसँग आर्यनको रोमान्स
सीके राउतसँग भएको सम्झौता विवादास्पदः भीम रावल (भिडियोमा)
मोटोपना र कब्जियतका कारण किड्नी फेल
यौनइच्छा जगाउने ८ खानेकुरा
विवाहित महिलासँग किन आकर्षित हुन्छन् पुरुष ?
‘आन्टी’ भनेर बोलाउँदा किन रिसाइन् करिना ?
बालीमा आयांका जोडीको रोमान्स (फोटोफिचर)
१४९ यात्रु सवार विमान दुर्घटनाग्रस्त
यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।































प्रतिक्रिया