प्रहरीले एक सय पाँच किलो चरेससहित तीन जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट विरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट ठूलो परिमाणमा चरेस बरामद भएको हो।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले बसमा लुकाइ राखेको अबस्थामा उक्त चरेससहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ पर्नेमा बस चालक विरगञ्ज-८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका–७ का अनिल चौधरी र बाराकै बिन्दबासिनी गाउँपालिका–३ का श्रीराम साह रहेका छन् ।































प्रतिक्रिया