सेन्ट लरेन्सकी दीपिका पालले एसिया प्यासिफिक युवा वैज्ञानिक प्रतिस्पर्धामा दिलाइन् रजत पदक

सेन्ट लरेन्सकी दीपिका पालले एसिया प्यासिफिक युवा वैज्ञानिक प्रतिस्पर्धामा दिलाइन् रजत पदक

केन्द्रबिन्दु
159
Shares

काठमाडौं । सेन्ट लरेन्स कलेजकी छात्रा दीपिका पालले एसिया प्यासिफिक सम्मेलन युवा वैज्ञानिक (यङ्ग साइंटिस्ट्स २०२४) प्रतिस्पर्धामा रजत पदक दिलाएकी छन् ।

दीपिकाले लाइफ साइन्सेस (जीवविज्ञान) विधामा (मीट लीफः ल्याब कल्चर्ड मीट) शीर्षकमा उत्कृष्ट अनुसन्धान प्रस्तुत गर्दै यो सम्मान प्राप्त गरेकी हुन् । यसले सेन्ट लरेन्स कलेजको शैक्षिक स्तरलाई पुनः एक पटक प्रमाणित गरेको छ ।

कलेजका अध्यक्ष केशवप्रसाद दंगालले यस सफलतामा गर्व गर्दै कलेजका तर्फबाट दीपिकालाई बधाई दिएका छन् । यो सफलताले अरू बिद्यार्थीहरुलाई पनि सफलता हासिल गर्न, मिहेनत गरेर अघि बढ्न उत्प्रेरणा जगाएको उनको भनाई छ ।

यसैगरी कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जनले सेन्ट लरेन्स कलेज विज्ञान र प्रविधिमा नवीनतम अनुसन्धान र प्रयोगात्मक सिकाइमा विश्वास राख्दै विद्यार्थीहरूलाई अग्रणी बनाउन कटिबद्ध रहेको बताए । कलेजले भविष्यमा पनि यस्ता अवसरहरूमा निरन्तर अन्य विद्यार्थीहरुलाई सहभागिता जनाउने उनले बताए ।

चावहिलमा अवस्थित सेन्ट लरेन्स कलेज करिब तीन दशकदेखि अविछिन्न रुपमा शैक्षिक यात्रा तय गरिरहेको छ । यो सम्पूर्ण शिक्षाको बलियो जग हो, जहाँ नर्सरीदेखि स्नातकोत्तरसम्मको अध्ययन गर्न सकिन्छ । चार हजार जना विद्यार्थीले पठनपाठन गर्ने सेन्ट लरेन्स आफैमा एक बृहत शैक्षिक परिवार हो । प्रयोगात्मक र व्यवहारिक शिक्षा एवं जीवनोपयोगी सिकाई यस कलेजको मूख्य विशेषता हो ।

Skip This
Skip This
Logo