त्रिभुवन आर्मी क्लब झापा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो सेमिफाइनलमा क्यामरुनको दाउफिन्सलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
अब उपाधिका लागि आर्मी र घरेलु टोली झापा ११ले सोमबार प्रतिस्पर्धा गर्ने छन् ।२३ औं मिनेटमा दाउफिन्सका सिलु मार्टिन्सले आत्मघाति गोल गरेका थिए । आर्मीका भरत खवासले प्रहार गरेको बल सिलु मार्टिन्सले नियन्त्रणमा लिन खोज्दा आफ्नै पोस्टमा गोल भएको थियो ।
१–० गोलले पछि परेको दाउफिन्सले दोस्रो हाफमा आक्रामक खेल खेले पनि सबै प्रयास आर्मीका गोल रक्षक विकेश कुथुले विफल बनाएका थिए ।































प्रतिक्रिया