काठमाडौं : सरकारले कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका दुई निकायलाई गाभ्ने तयारी गरेको छ । बीउको छुट्टै कारोबार गर्ने राष्ट्रिय बीउ बिजन कम्पनी तथा रसायनिक मलको कारोबार गर्ने कृषि सामग्री कम्पनीलाई गाभ्ने तयारी भएको हो ।
केही साताअघि मन्त्रिपरिषद् बैठकले दुवै कम्पनीलाई गाभ्ने गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार ती दुवै कम्पनीलाई गाभ्ने गृहकार्य सुरु भएको हो। कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणी खनालले आगामी तीन महिनाभित्रै दुवैलाई गाभेर एउटै कम्पनी बनाउन लागिएको जानकारी दिए । गाभिएर बन्ने संस्थाको नाम कृषि सामग्री कम्पनी लिमिटेड राखिनेछ। ‘छुट्टाछुट्टै कम्पनी भएर खर्च अत्यधिक बढेको र प्रतिफल पनि खोजेअनुसार नआएकाले दुवै निकायलाई गाभेर प्रभावकारी काम गर्न जिम्मेवारी दिन लागिएको हो’, मन्त्री खनालले भने ।
अन्नपूर्णबाट





























प्रतिक्रिया