अभ्यासमा आधारित प्रविधिमैत्री पठन विधि अपनाउने शैक्षिक संस्था, केएमसी बागबजार

अभ्यासमा आधारित प्रविधिमैत्री पठन विधि अपनाउने शैक्षिक संस्था, केएमसी बागबजार

केन्द्रबिन्दु
24
Shares

काठमाडौं मोडल स्कुल अर्थात् केएमसी नाम नै काफी छ । दर्बिलो व्यवस्थापन, गतिशिल शिक्षक समूह, यथेष्ठ शैक्षिक संसाधन, सुविधायुक्त पूर्वाधारले सुशोभित यस शैक्षिक संस्थासँग आफ्नो गौरवमय इतिहास छ । करिब दुई दशकदेखि अविछिन्न यस कलेजले सुयोग्य जनशक्ति उत्पादन गर्दै आएको छ । सरल पठन विधि, विद्यार्थीमैत्री कक्षाकोठा, प्रयोगमा आधारित अभ्यासले यसको शैक्षिक गुणस्तर बढाइदिएको छ ।

आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यकाभित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो ।

यो नेपालकै शैक्षिक क्षेत्रमा ठोस योगदान पुर्याउने हेतूले समर्पित शिक्षाप्रेमीले हाँकेको शैक्षिक संस्था हो । त्यसैले त यो कलेज आफ्नो रुची र क्षमता अनुसार कुनैपनि क्षेत्रमा उज्वल भविष्य बनाउन चाहने विद्यार्थीहरुको लागि उर्बर प्लेटफर्म बनेको छ ।

काठमाडौं मोडल कलेज आफैंमा ब्रान्डको रुपमा स्थापित भइसकेको बताउँछन्, प्रिन्सिपल नगेन्द्रबहादुर अर्याल । उनी भन्छन्, ‘हामी विद्यार्थीलाई किताबको कुरा मात्र पढाउँदैनौं । जीवनोपयोगी शिक्षा दिन्छौं ।’

केएमसी आफ्नो रुची र क्षमता अनुसार कुनैपनि क्षेत्रमा उज्वल भविष्य बनाउन चाहने विद्यार्थीहरुको लागि उर्बर प्लेटफर्म हाे ।

किताबमा पढेका कुरालाई कसरी आफ्नो व्यवहारिक जीवनमा रुपान्तरण गर्ने भन्ने कुरालाई केन्द्रमा राखेर केएमसीले पठनपाठन गराउँदै आएको छ । ‘यो कलेजले पुरातन ढर्राको सिकाईमा मात्र यो विश्वास गर्दैन’ उनी भन्छन्, ‘विश्वमा लोकप्रिय भएका प्रतिस्पर्धी, नवप्रर्वद्र्धात्मक किसिमका शैक्षिक विधिहरु अवलम्बन गर्दै आएको छ । जस्तो आर्टिफिशियल इन्टेलिजेन्स, प्रोगाम डिस्कसन, विद्यार्थी केन्द्रित शिक्षण विधिले हामीलाई अरुभन्दा एक कदम अगाडि बढाएको छ ।’ यहाँ पढ्ने विद्यार्थीले आफूलाई विद्यार्थी मात्र नभई सक्षम उद्यमशिलको रुपमा पनि अगाडि बढाइरहेको उनको भनाई छ ।

केएमसीले अभ्यासमा आधारित पठनपाठन गराउँदै आएको छ । यसले गर्दा विद्यार्थीहरुले पढेका कुरालाई सजिलैगरी र दीगो ढंगले बुझ्छ भन्ने व्यवस्थापनको विश्वास छ ।

विद्यार्थीको रुची र क्षमता पहिचान गरेर उनीहरुलाई कुन क्षेत्रमा अगाडि बढाउन सकिन्छ ? केएमसीले मार्गदर्शन दिने गरेको छ ।

अभ्यासमा आधारित र प्रविधिमैत्री शिक्षाकै कारण चिकित्सा शिक्षा आयोग, इन्जिनियरिङ अध्ययन संस्थानमा प्रवेश परीक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरु मध्ये केएमसीका विद्यार्थीहरु अग्रस्थानमा आउन सफल छन् । अघिल्लो बर्ष चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३५ जना मध्ये १७ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । त्यस्तैगरी इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०/०८१ स्नातक (बी.ई, बी.आर्क) तहको लागि गत १४ कार्तिकदेखि २० गतेसम्म सञ्चालन गरेको प्रवेश परीक्षामा ४९ जनाले नियमिततर्फ (पूर्ण शुल्कीय) नाम निकाल्न सफल भए । यी केही दृष्टान्त हुन्, जसले केएमसी विद्यार्थीका लागि सही गन्तव्य हो भन्ने पुष्टि गर्छ ।

आवश्यक भौतिक पूर्वाधारले भरिपूर्ण केएमसी, काठमाडौं उपत्यकाभित्र रहेका कलेजमध्ये अब्बल दर्जाको कलेज हो ।

विद्यार्थीको रुची र क्षमता पहिचान गरेर उनीहरुलाई कुन क्षेत्रमा अगाडि बढाउन सकिन्छ ? कलेजले मार्गदर्शन दिने गरेको छ । त्यती मात्र नभई उनीहरुको रुची अनुरुप क्षमता विकास गर्नमा जोड दिइने गरेको छ । यसले गर्दा कुनैपनि विद्यार्थी आफ्नो रुची विपरित पढ्नुपर्ने बाध्यतामा हुँदैनन् ।

विद्यार्थीलाई नतिजामुखी मात्र नबनाई सर्वाङ्गीण विकास गर्नुपर्छ भन्ने ध्येयका साथ यस शैक्षिक संस्थाले खेल, साहित्य, कला, मनोरञ्जनमा पनि प्रेरित गर्दै आएको छ । विद्यालयले यी विभिन्न रुची र क्षमता भएका विद्यार्थीलाई सोही अनुरुपको अनुकुल वातावरण व्यवस्था गरिदिएको छ । यसले गर्दा विद्यार्थीहरु विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने र योग्य मात्र हुँदैनन्, आफू स्वयं कुनै न कुनै क्षेत्रबाट ख्याती आर्जन गर्न सक्षम हुन्छन् ।

विद्यार्थीलाई नतिजामुखी मात्र नबनाई सर्वाङ्गीण विकास गर्नुपर्छ भन्ने ध्येयका साथ केएमसीले खेल, साहित्य, कला, मनोरञ्जनमा पनि प्रेरित गर्दै आएको छ ।

वर्तमान युग सुहाउँदो जनशक्ति उत्पादन गर्न कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको छ । पढाई बाहेकका उनीहरुका रुचीअनुसारको क्षेत्रमा क्षमता विकास गर्न प्रोत्साहित गर्नुको साथै सघाउने गरेको छ ।

अतिरिक्त कार्यक्रमका लागि कलेजमा विभिन्न क्लब पनि गठन गरिएको छ । शैक्षिक समूहका प्रनिधिहरुले कुन शैक्षिक समूहको विद्यार्थीलाई कस्तो कार्यक्रमको आवश्यकता छ भन्ने पहिचान गर्छन् । अतः त्यही अनुसारको कार्यक्रम डिजाइन गरेर कार्यान्वयनको लागि कलेजको क्लबलाई जिम्मेवारी दिइन्छ । अभ्यासमा आधारित शिक्षा, सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री वातावरण, पर्याप्त शैक्षिक सामग्री, दक्ष एवं अनुभवी शिक्षक/शिक्षिकाका कारण केएमसी विद्यार्थीको रोजाई बन्दै गइरहेको छ ।

Skip This
Skip This
Logo