भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ ।
पाकिस्तानसँग सीमा जोडिएको राजस्थान राज्यको बिकानेर शहरनजिक मिग २१ लडाकु विमान दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाग्रस्त लडाकु विमानका पाइलट भने सुरक्षित रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नियमित हवाई गस्ती गर्ने क्रममा लडाकु विमानमा चरा आएर ठोक्किँदा दुर्घटनामा परेको बताइएको छ । पछिल्ला दुई सातायता भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा दुबै मुलुकले हवाई गस्तीलाई तिब्रता दिएको बताइएको छ ।
त्यसअघि गत २७ फेब्रुअरीका दिन पाकिस्तानले भारतीय वायुसेनाको मिग २१ विमान खसालेको थियो ।





























प्रतिक्रिया