काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयर लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीको सेयर लकइन कार्तिक ११ गते समाप्त हुने भएको हो ।
कम्पनीका अनुसार कूल ५ करोड १३ लाख ६० हजार कित्ता सेयरको लकइन अवधि समाप्त हुँदै छ । यसमा संस्थापक सेयरधनीका ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषमा रहेका सञ्चयकर्ता कर्मचारीहरूका १ करोड १७ लाख कित्ता सेयर छ ।
यस्तै संस्थापक संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका ६० लाख कित्ता र कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर समावेश छ ।
समूहका सेयरधनीहरूका लागि यो लकइन अवधि समाप्त हुने कम्पनीले जानकारी दिएको छ । यो अवधिको समाप्तिसँगै उक्त सेयरधनीहरूले आफ्नो सेयर बिक्री गर्न वा अन्य तरिकाले कारोबार गर्न पाउनेछन् ।





























प्रतिक्रिया