काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजको आयोजनामा हुन लागेकाे नेपालको सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’को सव–इभेन्टहरु यतिबेला धमाधम भइरहेको छ ।
उक्त कार्यक्रमअन्तर्गत सानेपामा बुधबार विद्यार्थीहरूबीचको प्रतिस्पर्धी फेसन शो र नृत्य प्रतियोगिता सकिएको छ । यस कार्यक्रममा विभिन्न ६ कलेजका विद्यार्थीहरूको सहभागिता रहेको थियाे ।
फेसन शोकाे निर्णायकमा मिस नेपाल अश्मी श्रेष्ठ, फेसन डिजाइनरद्वय अनुग्रह अधिकारी र रञ्जिता लामा रहेका थिए । अब उनीहरुको भोटिङका आधारमा छनोट हुने शीर्ष तीन प्रतियोगीले २८ सेप्टेम्बरमा भृकुटीमण्डपमा हुने इभेन्टमा राष्ट्रिय स्तरका कलाकारहरू अभिष्कार केसी, श्रिगो, पहेलो बत्ती मुनी, सुसान्त घिमिरे, रचना दाहाल र जोन चाम्लिङ राईसँग पर्फम गर्ने मौका पाउने इभेन्टका मार्केटिङ हेड आदेश गुरुङले जानकारी दिए ।

‘एस एक्सप्रेसन्स २०२४’ इभेन्टका लागि १० वटा विधामा सव–इभेन्टहरु हुनेछन् । यसमा नृत्य प्रतियोगितासहित फेशन शो, टीभीसी/डीभीसी, स्टक सिमुलेसन, स्ट्रेस इन्टरभ्यू, ब्याण्ड प्रतियोगिता, क्विज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला प्रतियोगिता रहेको छ । यो इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक–फरक प्रतिस्पर्धा हुन्छ । यसले विद्यार्थीहरुलाई सिक्ने, बढ्ने र उत्कृष्टता हासिल गर्ने अवसरहरू प्रदान गर्ने विश्वास लिइएको छ ।





























प्रतिक्रिया