समस्याग्रस्त घोषित ओरियण्टलको कूल दायित्व १६ अर्ब वढी

समस्याग्रस्त घोषित ओरियण्टलको कूल दायित्व १६ अर्ब वढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

समस्याग्रस्त घोषित १० सहकारीमध्ये ‘ओरियण्टल कोअपरेटिभ लिमिटेड’को कूल दायित्व १६ अर्ब एक करोड रहेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त संस्थाको साँवा नौ अर्ब १२ करोड तथा गतवर्ष चैत मसान्तसम्मको ब्याज छ अर्ब ८९ करोड छ ।

सहकारी बचतकर्ताको निक्षेप साँवा र ब्याज गरी आठ अर्ब ३८ करोड, अपार्टमेन्ट बुकिङ रकम चार अर्ब ९२ करोड र बैंक तथा वित्तीय संस्थको कर्जा एक अर्ब ९८ करोड छ । त्यसैगरी सरकारको कर दायित्व र अन्य साहुसमेत दायित्व अन्तर्गत रहेको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष युवराज सुवेदीले सहकारी संस्थाका तत्कालीन अध्यक्ष सुधीर बस्नेत एवं सञ्चालकका नाममा हालसम्म छानविनबाट अचल सम्पत्ति नदेखिएको जानकारी दिनुभयो ।

उक्त सहकारीबाट पीडित निक्षेपकर्ता, अपार्टमेन्ट बुकिङकर्ता, शेयर सदस्य र अन्य साहु गरी हालसम्म सात हजार ५४६ जनाको माग दाबी निवेदन परेको समितिले जनाएको छ ।
रासस

Logo