शकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरे सन्यास घोषणा

शकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट गरे सन्यास घोषणा

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । बंगलादेशका अल राउण्डर शकिब अल हसनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् ।

भारतविरुद्धको दोस्रो टेस्ट अघि मिडियासँग कुरा गर्दै उनले गत टी-२० विश्वकपनै आफ्ना लागि टी-२० मा अन्तिम खेल भएको बताएका हुन् । एकदिवसीय क्रिकेट खेल्न भने जारी राख्ने उनको भनाई छ ।

३७ वर्षीय शकिबले अहिलेसम्म बंगलादेशका लागि ७० टेस्ट खेल्दै ४६ सय रन बनाएका छन् भने २४२ विकेट पनि लिएका छन् । त्यसैगरी टी-२० क्रिकेटमा १२९ खेलमा २५५१ रन बनाएका छन् भने १४९ विकेट लिएका छन् ।

शकिबसँगै पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका दर्जनौँ अन्य सदस्यमाथि प्रहरीले प्रदर्शनकारीमाथि गरेको घातक दमनमा दोषी ठहर गर्दै हत्याको आरोप लगाइएको छ । गत महिना विद्यार्थी नेतृत्वमा भएको आन्दोलनमा शेख हसिनाको सरकार ढलेपछि उनी बङ्गलादेश फर्किएका छैनन् । क्रिकेटमै व्यस्त छन् ।

Skip This
Skip This
Logo