नेपालकै ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’ अब सोमबार हुने

नेपालकै ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’ अब सोमबार हुने

केन्द्रबिन्दु
57
Shares

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एस इन्सिटच्युट अफ म्यानेजमेन्ट कलेजको आयोजनामा हुन गइरहेको नेपालकै सबैभन्दा ठूलो इन्टर कलेज इभेन्ट ‘एस एक्सप्रेसन्स २०२४’ सरेको छ ।

२८ सेप्टेम्बर अर्थात् शनिबार भृकुटीमण्डपमा आयोजना हुने भनिएपनि काठमाडौं उपत्यकालगायत देशभर निरन्तर वर्षाका कारण इभेन्ट प्रभावित बन्दा अब आगामी सोमबार मात्रै हुने आयोजकका तर्फबाट आभाष राजभण्डारीले जानकारी दिए ।

आइतबार मध्यान्हपछि मात्रै मौसममा केही सुधार आउँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकाे भनाई अनुसार नै आयोजकले इभेन्ट सोमबारका लागि सारेकाे हाे।

यस इभेन्टअन्तर्गत विभिन्न १० वटा विधामा सव-इभेन्टहरु भने सम्पन्न भइसकेका छन् । जसमा ब्यान्ड प्रतियोगिता, नृत्य प्रतियोगिता, फेशन शो, टीभीसीरडीभीसी, स्टक सिमुलेसन, स्ट्रेस इन्टरभ्यू, किव्ज प्रतियोगिता, बहस प्रतियोगिता, फोटोग्राफी, चित्रकला रहेका छन् । सव-इभेन्टबाट भोटिङका आधारमा छनोट हुने टप ३ ब्यान्डले इभेन्टको मुख्य दिनमा राष्ट्रिय स्तरका कलाकारहरु अभिष्कार केसी, श्रिगो, पहेलो बत्ती मुनी, सुसान्त घिमिरे, रचना दाहाल र जोन चाम्लिङ राईसँग पर्फम गर्ने मौका पाउनेछन् ।

यो इन्टरटेन्टमेन्ट फोकस कार्यक्रम हो जसमा इन्डोर, आउटडोर, ग्रुप प्लस इन्डिभिज्युअल गरेर फरक-फरक प्रतिस्पर्धा हुन्छ । यसले युवाहरुको प्रतिभा विकास गर्न र नवीनता र उत्कृष्टताको भावना जगाउने विश्वास छ ।

Skip This
Skip This
Logo