काठमाडौं । रेशमलाल चौधरीलाई अदालतले जन्मकैदको सजाय तोकेपछि राजपा नेता राजेन्द्र महतो कडा चेतावनी दिएका छन् । टीकापुर घटनामा दोषी ठहर गर्दै जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई जन्मकैदको सजाज तोकेको छ ।
उक्त फैसला आफुहरुलाई अमान्य हुने भन्दै महताले देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् । पार्टीका सांसद चौंधरीलाई जन्मकैदको सजाय दिने अदालतको सो फैसला ‘अन्यायमाथिको पनि अन्याय’ भएको टिप्पणी गर्दै उनले त्यस विरुद्ध मुलुकमा राष्ट्रिय विद्रोह सुरु गर्ने घोषणा गरेका हुन् ।
नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्ने अदालतले पुष्पकमल दाहाल, केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको ? भन्दै आक्रोश व्यक्त गरे ।































प्रतिक्रिया