टीकापुर घटनाको फैसला आज, रेशम चौधरीको भविश्य के होला ?

टीकापुर घटनाको फैसला आज, रेशम चौधरीको भविश्य के होला ?

केन्द्रबिन्दु
0
Shares

धनगढी । टीकापुर घटनाको ४२ महिनापछि आज फैसला हुँदैंछ । उक्त मुद्दामा बहस सकिएपछि जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईले आज फैसला गर्न लागेका हुन् । न्यायाधीश भट्टराईको एकल इजलासमा सो मुद्दाबारे वादी र प्रतिवादी पक्षका कानून व्यवसायीबीच बहस भएको थियो ।

गत बुधवारदेखि तोकिएको पेशी अन्तर्गत एक साता सम्म दुवै पक्षका कानुन व्यवसायीबिच बहस भएको थियो। वादीतर्फबाट जिल्ला न्यायधिवक्ता विष्णु पौडेल र सहायक न्यायधिवक्ता लक्ष्मी शर्माले बहस गरेका थिए भने प्रतिवादी तर्फबाट वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरे, अधिवक्ता हरि फुँयाल, गंगाराम पाध्याय, मिलन राई र गजेन्द्र केसी लगायतका कानुन व्यवसायीले बहस गरेका थिए।

मंगलबार बहस सकिएपछि आज मुद्दाको फैसला हुन लागेको हो । गत २०७२ भदौ ७ गते थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा ८ प्रहरीसहित १ नाबालक गरी ९ जनाको हत्या गरिएको थियो ।

यो घटना घटाएको अभियोगमा ५८ जना विरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको छ । ५८ जनामध्ये सांसद रेशम चौधरी, थारु नेता लक्ष्मण थारु, लाहुराम चौधरी सहित २७ जना हाल पुर्पक्षको लागि थुनामा छन् । बाँकी प्रतिवादीहरु फरार छन्।

Logo